मुख्य समाचार
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते

— जाजरकोटमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मध्य पहाडी राजमार्गमा मध्य पहाडी कम्पनीको भे १ क १०५५ नम्बरको टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना सख्त घाइते भएका प्रहरीले जनाएको छ ।


स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । मृतकको परिचय खुलिसकेको छैन ।


दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार, टिपर अनियन्त्रित भएर सडकबाट खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी जन्म जयन्तीको अवसरमा गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताएकी हुन् । ‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ ।एक ...
। वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएका हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी, व्यवस्थापन र डिजिटल अभिलेखीकरण (डिजिटलाइजेसन) गर्ने काम वैदेशिक रोजगार विभागले तीव्र बनाएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको निर्देशन र विभाग महानिर्देशक मिरा आचार्य नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फाइलहरू खोज्ने, वर्गीकरण गर्ने र व्यवस्थित ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा राष्ट्रिय राजमार्गका पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गका ६८ स्थान तोक्दै र रकम अबण्डामा समेत राखेर पहिरो नियन्त्रण गर्ने उद्देश्यले ३ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जुन राजमार्ग तथा सडकको नियमित मर्मत सम्भार भन्दा ...
। कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको बताए । भट्टलाई ...
। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्ती पहरा (महभीर) फोडेर सडक निर्माण गरिएको छ । आहाले–रेग्मीटार सडक खण्डको साप्सु खोला किनारमा रहेको घर्ती पहरा फोडेर सडक बनाइएको हो । निर्माण कम्पनी कमल कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले करिब पाँच महिना लगाएर असार ११ गते चट्टान काटेर घर्तीभीरमा सडक छिचोलेको हो । पहिले गोरेटो बाटोमात्र रहेकोमा मोटर ...