मुख्य समाचार
फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने
फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने

: नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा आगामी फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने जानकारी दिएको हो ।


कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सव नेपाली र मिथिला चलचित्रलाई विश्वमा बजारीकरण गर्न महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे । “जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । विश्वका एक सय ३७ भन्दा बढी देशले हाम्रो चलचित्रका बारेमा थाहा पाउनेछन्,’ उनले भने ।

अध्यक्ष डिसीले पैसा कमाउने उद्देश्य राखेर महोत्सव गर्नु उचित होइन भन्दै यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई अरु क्षेत्रको बजेट कटौती गरेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली सिनेमा निर्माणको प्रक्रिया बदलिनुपर्नेमा जोड दिए । “नेपाली सिनेमा कताकता एकाङ्गी पो छ कि भन्ने मलाई लागेको छ, मैले फरक भूगोल, फरक विषयको चित्रण गर्ने परिपाटीको अभाव भएको महसुस गरेको छु । स्थानीय परिवेशका कुरालाई हामीले सिनेमामा बुझाउन सकिरहेका छैनौं, आशा छ, जनकपुरमा हुने यो कार्यक्रमले नयाँपन खोज्ने छ”, उनले भने ।

कार्यकारी अध्यक्ष झाले महोत्सवले नेपाली चलचित्र निर्मातालाई स्थानीय कथा खोजीमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा नेपाली सिनेमालाई दिगो र अन्तरराष्ट्रियकरण गर्न पनि निकै ठूलो सहयोग पुग्ने धारणा राखे ।

अभिनेत्री रेखा थापाले मिथिला सभ्यता, कला र महिलाको जननी भएको बताउँदै महोत्सवले त्यो महत्वलाई उजागर गर्ने बताइन् । “मधेशको कलासँग प्रगाढ सम्बन्ध छ । पछिल्लो समय हाम्रो संस्कृति र भाषामाथि आक्रमण भएको छ, यसलाई चिर्नु आवश्यक छ”, उनको भनाइ थियो ।

निर्माता माधव वाग्लेले मिथिला सभ्यताको चित्र कोर्न धेरै महङ्गो हुने भएकाले आफूहरूलाई मिथिला क्षेत्रको कथा समेटेर चलचित्र निर्माणमा समस्या भइरहेको सुनाए । चलचित्र निर्देशक सुवर्ण थापाले महोत्सवले हिमाल, पहाड र तराईलाई जोड्दै बालबालिका, युवा, महिलालगायतलाई समेट्नुपर्नेमा जोड दिए ।

जेआइएफएफ नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवद्र्धन गर्ने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले जानकारी दिए । उनले नेपालमा फिल्मको महत्व बुझाउने, नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्ने, नेपाली युवालाई प्रेरणा र अवसर दिनेलगायत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियानस्वरूप आफूहरू बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाकी चर्चित पोडकास्टर, योगा प्रशिक्षक तथा व्यवसायी हिलारिया बाल्डविनले आफूले ५ वर्षको उमेरदेखि नै डाइटिङ (खानपानमा नियन्त्रण) गर्न थालेको खुलासा गरेकी छन् । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर विज्ञहरूका अनुसार बालबालिकामा हाल यो समस्या निकै तीव्र रूपमा फैलिरहेको छ । ‘सिरियस एक्सएम’ को ‘पेज सिक्स रेडियो’ सँगको अन्तर्वार्तामा सात सन्तानकी आमा ४२ वर्षीया ...
— ‘जोकर’, ‘गोस्टबस्टर्सः आफ्टरलाइफ’ लगायत दर्जनौं फिल्ममा लगानी गरेका जेसन क्लोथविरुद्ध १० करोड अमेरिकी डलर बराबरको पोन्जी स्कीम (ठगी धन्दा) चलाएको अभियोगमा संघीय ग्रान्ड जुरीद्वारा विद्युतीय ठगीको मुद्दा दर्ता गरिएको छ । ६० वर्षीय क्लोथविरुद्ध मंगलबार सिकागोस्थित अमेरिकी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो । उनलाई सोही दिन लस एन्जलसबाट पक्राउ गरी पहिलोपटक अदालतमा उपस्थित गराइएको ...
। ‘मिस नेपाल’ को ग्रान्ड फिनाले कार्यक्रममा सहभागी हुन ‘मिस कस्मो २०२५’ योलिना लिन्डक्विस्टसहितको टोली काठमाडौं आइपुगेको छ । टोलीमा मिस कस्मोका सीइओ ट्रान भिएट बाओ होआङ र मिस कस्मो उपविजेता चेल्सी फर्नान्डेज पनि छन् । उनीहरूलाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र मिस कस्मो नेपाल दीपशिखा नेपालले स्वागत गरे । तीमध्ये ...
। मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक गरेको छ । उनले चाडविक बोसम्यानले निर्वाह गरेको पात्र टी’चालाका छोराको भूमिका खेल्नेछन् । मार्वलले नयाँ फिल्ममा रायन गोसलिङले ‘घोस्ट राइडर’को भूमिका निर्वाह गर्ने जानकारी पनि दिएको छ । यी दुवै बहुप्रतीक्षित फिल्महरू सन् २०२८ मा प्रदर्शन हुनेछन् । जोन्सन ‘ब्ल्याक प्यान्थर’ शृंखलाका निर्देशक ...
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम