मुख्य समाचार
स्वीडेनको एक एजुकेसन सेन्टरमा भएको गोलीबारीमा दश जनाको मृत्यु
स्वीडेनको एक एजुकेसन सेन्टरमा भएको गोलीबारीमा दश जनाको मृत्यु

: स्वीडेनको एक एजुकेसन सेन्टरमा भएको गोलीबारीमा दश जनाको मृत्यु भएको छ। आक्रमणमा एक जना गम्भीर घाइते भएका छन्। राजधानी स्टकहोमबाट २०० किलोमिटर पश्चिममा रहेको ओरेब्रो शहरको रिसबर्गस्का स्कूलमा स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे गोलीबारी भएको थियो।


अधिकांश विद्यार्थी विद्यालयमा उपस्थित भएको बेला उक्त घटना भएको जनाइएको छ।

स्विडेनी प्रहरीले मृतकहरूको पहिचान गरिरहेको र घाइतेको संख्या बढ्ने सम्भावना रहेको जनाएको छ। प्रहरीले मृतकमध्ये एकजना आक्रमणकारी पनि हुनसक्ने उल्लेख गरेको छ।



हालसम्म खतरा नटरेकोले मानिसलाई त्यस क्षेत्रबाट टाढा बस्न सल्लाह दिइएको छ। धेरै स्थानीय मिडिया रिपोर्टहरूमा आक्रमणकारी सिरियाली मूलको भएको बताइएको छ। यद्यपि यसको आधिकारिक घोषणा भने गरिएको छैन।

यस वर्ष जनवरीमा स्वीडेनमा ३१ स्थानमा विस्फोट भएका थिए। कुरान जलाएर विश्वभर चर्चामा आएकी सलवान मोमिकाको पनि हत्या गरिएको थियो। यस हत्यामा विदेशी सम्बन्धको अनुसन्धान भइरहेको छ।

रोयटर्सको रिपोर्ट अनुसार डिसेम्बर २०२४ मा स्वीडेनमा ४० जनाको गोली हानी हत्या गरिएको थियो। स्वीडेनमा भएको हिंसाको पछाडि मध्यपूर्व र बाल्कन देशका मुस्लिम आप्रवासीहरू संलग्न हुनसक्ने विज्ञहरूको भनाइ छ। युरोपमा बन्दुकबाट हुने मृत्युको सन्दर्भमा अल्बानिया र मोन्टेनेग्रो पछि स्वीडेन पर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...
— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् । टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे ...
— संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ । अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छ, जसले ...
— इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’ अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने ...
— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् । सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ ...