मुख्य समाचार
स्वीडेनको एक एजुकेसन सेन्टरमा भएको गोलीबारीमा दश जनाको मृत्यु
स्वीडेनको एक एजुकेसन सेन्टरमा भएको गोलीबारीमा दश जनाको मृत्यु

: स्वीडेनको एक एजुकेसन सेन्टरमा भएको गोलीबारीमा दश जनाको मृत्यु भएको छ। आक्रमणमा एक जना गम्भीर घाइते भएका छन्। राजधानी स्टकहोमबाट २०० किलोमिटर पश्चिममा रहेको ओरेब्रो शहरको रिसबर्गस्का स्कूलमा स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे गोलीबारी भएको थियो।


अधिकांश विद्यार्थी विद्यालयमा उपस्थित भएको बेला उक्त घटना भएको जनाइएको छ।

स्विडेनी प्रहरीले मृतकहरूको पहिचान गरिरहेको र घाइतेको संख्या बढ्ने सम्भावना रहेको जनाएको छ। प्रहरीले मृतकमध्ये एकजना आक्रमणकारी पनि हुनसक्ने उल्लेख गरेको छ।



हालसम्म खतरा नटरेकोले मानिसलाई त्यस क्षेत्रबाट टाढा बस्न सल्लाह दिइएको छ। धेरै स्थानीय मिडिया रिपोर्टहरूमा आक्रमणकारी सिरियाली मूलको भएको बताइएको छ। यद्यपि यसको आधिकारिक घोषणा भने गरिएको छैन।

यस वर्ष जनवरीमा स्वीडेनमा ३१ स्थानमा विस्फोट भएका थिए। कुरान जलाएर विश्वभर चर्चामा आएकी सलवान मोमिकाको पनि हत्या गरिएको थियो। यस हत्यामा विदेशी सम्बन्धको अनुसन्धान भइरहेको छ।

रोयटर्सको रिपोर्ट अनुसार डिसेम्बर २०२४ मा स्वीडेनमा ४० जनाको गोली हानी हत्या गरिएको थियो। स्वीडेनमा भएको हिंसाको पछाडि मध्यपूर्व र बाल्कन देशका मुस्लिम आप्रवासीहरू संलग्न हुनसक्ने विज्ञहरूको भनाइ छ। युरोपमा बन्दुकबाट हुने मृत्युको सन्दर्भमा अल्बानिया र मोन्टेनेग्रो पछि स्वीडेन पर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ब्रिक्स देशका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आइपुगेका रूसी विदेशमन्त्री सर्गेई लाभरोभले भारत र रुसबीचको सम्बन्ध अटुट रहेको बताएका छन् । दुई देशबीचको दूरी बढ्नु असम्भव रहेको र यसको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । पत्रकारहरूसँगको कुराकानीमा विदेशमन्त्री लाभरोभले भारत र रुसको सम्बन्धलाई कुनै एउटा शब्दमा मात्र सीमित गर्न कठिन हुने उल्लेख गरे ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको छ । यस भ्रमणलाई हतियार कटौतीका विषयमा वार्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । हालैका वर्षहरूमा चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । सीएनएनको एक अनुसन्धानका अनुसार चीनले आणविक हतियार उत्पादन केन्द्रहरू निर्माण गर्न गाउँ ...
: भारतको एक चार सदस्यीय परिवार आफ्नै घरमा मृत फेला परेको लगभग तीन हप्ता बितिसक्दा पनि अनुसन्धानकर्ताहरूले वास्तवमा के हो भन्ने पत्ता लगाउन सकेका छैनन् । अब्दुल्लाह, उनकी पत्नी नसरीन र दुई छोरी आयशा तथा जैनब अप्रिल २५ मा मुम्बईको पायधोनी क्षेत्रमा रहेको घरमा मृत फेला परेका थिए । घटनाको समाचार सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमहरूले ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् । अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् । रोचक कुरा के छ भने, चीनले उनलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो । बेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी ...
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...