मुख्य समाचार
विकासको उल्टो बाटो
विकासको उल्टो बाटो

धरहरालगायत विशिष्ट ६ संरचना सरकारले राजपत्रमा ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश)’ प्रकाशित गरेर निजी क्षेत्रलाई भाडामा दिने बन्दोबस्त गर्दै छ । हेर्दा यो जम्मा ६ वटा संरचना निजीलाई दिनेजस्तो देखिन्छ । तर यस प्रक्रियाभित्र थुप्रै सैद्धान्तिक प्रश्नहरू छन् ।


धरहरालाई अलिकति पुरातात्त्विक र सांस्कृतिक संरचना मानेर छोड्ने हो भने गोदावरी सनराइज सभाहल, झापाको भ्यु टावर, बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र किन बनाइएको हो ? के प्रयोजनले बनाइएको हो ? कुरा बडो सोझो छ, झापाको भ्यु टावर केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा चमत्कार देखाउन बनाइएको हो ।


पटक–पटक अर्थमन्त्री बनेका विष्णु पौडेलले चमत्कार देखाउन बुटवलमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बनाइएको हो । यो सोझो रूपमा शक्तिका आडमा राज्यमाथि गरिएको दोहन हो । झापा वा बुटवलमा सुकुम्बासीहरूको बस्ती व्यवस्थापनमा पनि यो पैसा खर्च गर्न सकिन्थ्यो । तर भ्यु टावर र सभाहल बनाएर विकासलाई तडकभडकमूलक बनाउन खोजियो । ओली र पौडेलले आफ्नो प्रतिष्ठा बढाउन खोजे । यो बनाउँदा आउने कमिसन कति हो ? पहिलो लाभ त्यहाँ भइसक्यो । दोस्रो लिजमा दिने प्रक्रियामा आउने लाभ हिसाबकिताब गर्दै होलान् । एउटै कामबाट धेरै पटक लाभ लिने विषय बन्यो । यो गलत प्रक्रियाले बाटो लियो भने के–के संरचनाहरू निजी क्षेत्रका जिम्मामा पुग्ने हुन्, अनुमान गर्न निकै कठिन छ । यो गाडी कुन रफ्तारमा चल्ने हो अहिले भनिहाल्न सकिँदैन । तर यति भन्न सकिन्छ, यो गाडी निजी क्षेत्रलाई पोस्दै जाने र जनतालाई भोकै बनाउँदै जाने भन्ने पक्का हो ।

विकासको कर्ममा लक्षित समुदाय हुन्छ । यो काम गरियो भने कसले, कसरी फाइदा पाउला ? यी भ्यु टावर र सभाहलहरू कसले फाइदा पाउँछन् भनेर बनाइएको होला ? कुन अध्ययन अनुसन्धानका आधारमा बनाइएका होलान् ? कसरी चल्छन् भन्ने सोच होला ? त्यही भएर यस्ता आयोजनाहरू नेताका लहड र बिचौलियाको स्वार्थको गर्भबाट जन्मन्छन् भन्न सकिन्छ ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
सबै हेर्नुहोस्
विकासका वास्तविक एजेन्डाहरू समुदायको अभाव र संघर्षका गर्भबाट जन्मनुपर्ने हो । यो घटनाबाट हामीले के सिक्न सक्छौं ? हुन त हामी सिक्ने कुरामा धेरै पछाडि छौं । हिजोका दिनमा पनि बाल मन्दिरजस्ता संरचनाहरू निजीलाई दिँदा राज्यले लाभ नपाएको उदाहरण हाम्रासामु हुँदाहुँदै पनि हाम्रो सरकार यस्तो कर्म गर्न लज्जित हुँदैन । विकास, संघीयता र कुनै पनि दृष्टिकोणबाट यो मामलाको पुष्टि हुन सक्दैन ।

ITPF
Sunrise bank
Nepal Life Insurance
सबैभन्दा ठूलो प्रश्न हाम्रो विकासको मोडल के हो भन्ने हो । राज्यले अर्बौं खर्च गरेर पूर्वाधार तयार पारेर निजी क्षेत्रलाई बाटो खोलिदिने हाम्रो विकासको मोडल हो ? पहिलो कुरा त ठूला भ्यु टावर वा सभाहलहरू अहिलेको हाम्रो विकासको प्रक्रियाभित्र प्राथमिकताको विषय नै होइनन् । अर्बौंको चामल हामी बाहिरबाट ल्याउँछौं । हाम्रो विकासको प्राथमिकता त स्थानीय उत्पादन हुनुपर्ने हो । अब सामान्य मान्छे मात्रै होइन, ८० प्रतिशत मेडिकल डाक्टरहरू वैदेशिक रोजगारीमा जान्छन्, हाम्रो प्राथमिकता त रोजगारी सिर्जनामा हुनुपर्ने हो । पाँचवटा विशिष्ट संरचनाहरू निजी क्षेत्रलाई भाडामा दिने कुरा मात्रै होइन, मूल प्रश्न त विकासको पद्धतिको हो । हामीले विकासको पद्धतिलाई शक्तिसँग जोडेर व्याख्या गरेका छौं । शक्तिशालीहरूले विकासलाई परिभाषित गरेका छन् । शक्तिशालीहरूकामा नै तथाकथित विकास भएको छ । विकासले शक्ति निर्धारण गर्ने कुरा होइन । विकास आवश्यकता र सन्दर्भले निर्धारण गर्ने कुरा हो । विकासको मामला शक्तिशालीहरूबाट खोसेर जनताकामा ल्याउने ठूलो काम बाँकी नै छ । यस्ता विशिष्ट भनिएका संरचनाहरूले यस्ता बहस माग गरेका छन् ।

हामीले कुन पद्धतिबाट विकासको जग बसाल्ने वास्तविक एजेन्डाहरू कसरी पहिचान गर्ने भन्ने हो । यसको सबैभन्दा ठूलो खतरा विकासलाई विचलित पथमा डोर्‍याउनु हो । थोरै मानिसको नाफाका लागि विकासको मूलबाटो तय गरिएको छ । यस अर्थमा विकासलाई सही गोरेटोमा ल्याउन पनि यसमा पर्याप्त बहस हुन जरुरी छ । अहिले हाम्रो विकासले ठूला पूर्वाधारहरूको माग गर्दैन, चाहे बनाइएका अन्तर्राष्ट्रिय विमानस्थल वा भ्यु टावर होस् । विकास र समुदायको गति र लयलाई कसरी समाउने हो ? यो अहिलेको विशिष्ट संरचनाको प्रक्रियाभित्र ठूलो चिन्ता जाहेर गर्न सकिन्छ । मूल प्रश्न नेताका लागि भौतिक पूर्वाधारकेन्द्रित विकासलाई जनकेन्द्रित विकासमा रूपान्तरण गर्नु हो ।




तर सरकार भ्यु टावरको तमासा देखाउन लालायित छ । निजी क्षेत्रलाई सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्छ । यो स्वाभाविक हो । कस्तो अवस्थामा सहयोग गर्नुपर्छ भने निजी क्षेत्रले कुनै एउटा विकट दूरदराजमा पर्यटन प्रवर्द्धन गर्न खोजे भने बिजुली लैजानु, सडक बनाइदिनु, सञ्चार सुविधा पुर्‍याउन सरकारको कर्तव्यभित्र पर्छ । तर संरचनाहरू बनाएर चिरिच्याट्ट पारेर ट्याक्क नाफा आउने बेला राजपत्रमार्फत् गठन आदेश प्रकाशित गरेर निजी क्षेत्रलाई सुम्पन खोज्नु भनेको ठूलो नीतिगत भ्रष्टाचार हो । राज्यशक्तिको दुरुपयोग हो । विकासको उपर्युक्त मोडललाई किचकाच बनाएर वास्तविक विकासमाथि जथाभावी गरेर निजी क्षेत्र पोस्न गरिएको कदम हो । राज्य र निजी क्षेत्रको अपवित्र मेलमिलापमा गरिने विकासको प्रक्रियाले जहिले पनि वास्तविक एजेन्डाहरूलाई ओझेलमा पार्छ । विकासमा एकखालका सामुदायिक एजेन्डाहरू छन् । ती कतै भुइँ तहमै हराएका छन् । भ्यु टावरले दमकका तमाम एजेन्डाहरू खाइदिएको छ । स्थानीय र प्रदेश सरकारका आ–आफ्नै एजेन्डा छन् । ती सबै एजेन्डाहरूलाई किचकाच बनाएर भ्यु टावर ठड्याइयो । यसको सबैभन्दा अप्ठेरो विकासका वास्तविक एजेन्डाहरूलाई यसले लुकाउँछ । नक्कली एजेन्डाहरूलाई बाहिर ल्याउँछ । हाम्रो लामो विकासको प्रक्रियाले अहिलेसम्म गरेको यही हो । यो त एउटा नमुना हो । यतिबेला हामीले बहस गर्नुपर्ने विकासका वास्तविक एजेन्डामाथि हो । छेउ पारिएका समुदायका एजेन्डामा हो । भ्यु टावरजस्ता एजेन्डा त निजी क्षेत्र र नेताहरूको कमिसन खाने माध्यम मात्रै हो ।

यी संरचना बनाउनै परेको थिएन । नेताका लहडमा बने । कमिसनका चक्करमा बने । तर अझै पनि निजी क्षेत्रलाई दिनुभन्दा स्थानीय सरकारलाई हस्तान्तरण गर्नु उपर्युक्त हुन्छ । स्थानीय सरकार यी संरचनाको नजिक छ । यी संरचनाको संरक्षण, व्यवस्थापन र उपयोगको रणनीति स्थानीय सरकारले बनाउन सक्दछ । बरु संघीय सरकारले स्थानीय सरकारसँग यस्ता संरचना सञ्चालन गर्ने कार्यविधि माग्न सक्छ । स्थानीय सरकारले चित्तबुझ्दो तरिकाले कार्यविधि भने दिनुपर्छ । स्थानीय सरकारको कार्यविधिमाथि पर्याप्त छलफल गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ । अब प्रश्न उठाउन सकिन्छ संघीय सरकारले लगानी गरेर बनाएका यस्ता संरचनाहरू किन स्थानीय सरकारलाई दिने ? हामी संघीयताको प्रारम्भमा छौं । स्थानीय सरकारको वित्तीय व्यवस्थापन बलियो बनाउन संघीय सरकारको भूमिका हुनुपर्छ । संघीयताभित्रको आधारभूत सिद्धान्त हो यो । अर्कोतर्फ निजी क्षेत्रलाई दिनुभन्दा स्थानीय सरकारलाई दिनु कता कता उत्तम हुन्छ । वास्तवमा यस्ता संरचनाहरू स्थानीय सरकारमातहत नै हुनुपर्छ, जसले स्थानीय सरकारलाई दीर्घकालीन वित्तीय बाटो खोलोस् । स्थानीय सरकारको व्यवस्थापकीय क्षमता बढोस् । स्थानीय सरकारले यस्ता ठूलो भौतिक पूर्वाधारहरू निर्माण गर्न सक्दैन र हुँदैन । यस्ता पूर्वाधारहरूको आयआर्जनले

आफ्नो क्षेत्रको गरिबी निवारणमा काम गर्न सकोस् । स्थानीय सरकारलाई यस्ता संरचनालाई सञ्चालन गर्दा बरु छोटो समयका लागि अवधि तोकेर वित्तीय सहयोग जरुरी पर्‍यो भने संघीय सरकारले सहयोग गर्न तयार हुनुपर्छ । तर यो आवधिक हुनुपर्छ ।

सैद्धान्तिक रूपमै भन्ने हो भने त जहाँ जहाँ यस्ता विशिष्ट पूर्वाधारहरू बनाउनुपर्ने हो त्यस्तो काममा स्थानीय सरकारसँग पहिला नै सल्लाह गरेर निर्माण गर्नुपर्ने हो । तर हाम्रो संघले यस्तो संघीयताको अभ्यास गर्न खोज्दैन । संघलाई आफू धेरै ठूलो र ज्ञानी लाग्छ । उसले शक्तिको डोजर चलाउँछ । संघीयतामा केन्द्रको डोजर प्रदेश र स्थानीय सरकारमाथि चलाउने होइन । संघ त एक खालको प्रदेश र स्थानीय सरकारको सहजकर्ता हो । तर आजको दिनमा पनि केन्द्रीय मानसिकतामा उभिएको संघलाई स्थानीय सरकार र प्रदेश सरकारलाई डन्डा चलाउन नै रहर छ ।

अहिले नै यो सबै कुरा लयमा आउन सक्दैन । कम्तीमा यस्ता संरचनाहरू स्थानीय सरकारलाई हस्तान्तरण गर्दै गइयो भने यसले लयमा ल्याउँछ । यस्ता विशिष्ट भनिएका संरचनाहरू स्थानीय सरकारको प्राथमिकतामा थिएनन् होलान् । स्थानीय सरकारको प्राथमिकता अर्कै थियो होला । अहिले विशिष्ट संरचनाहरूको विशिष्ट बाटो भनेको स्थानीय सरकारलाई हस्तान्तरण नै हो । बरु स्थानीय सरकारका लागि यो झन्झट भने छ । आवश्यकताभन्दा बाहिरको कुरा व्यवस्थापन गर्नुपर्ने बेकारको काम छ । तर स्थानीय सरकारले पनि झन्झटको कोणबाट नसोचेर सकारात्मक कोणबाट सोच्नु जरुरी छ । जे भयो भयो अब यस्तो नहोस् भन्ने दृष्टिकोण लिनुपर्छ । यस्ता संरचनाहरूको उपयोगको नीति लिनुपर्छ ।

हामी संघीयताको अभ्यासमा छौं । संघीयताको एउटा मूल मर्म के हो भने विकास थोपर्ने कुरा होइन, यस्ता विशिष्ट भनिएका संरचनाहरू माथिबाट थोपरिएका हुन् । यो विकासको उल्टो बाटो हो । अब हामीले विकासको बाटोलाई

सुल्ट्याउनुपर्छ । विकासको बाटो सुल्टिए समुदायले आफ्नो हित हेरेर आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछ । त्यस्ता एजेन्डालाई प्रदेश सरकार र स्थानीय सरकारले कार्यान्वयन र वकालत गर्दछन् । संघीय सरकारले समुदाय, स्थानीय सरकार र प्रदेश सरकारको भावनाबमोजिम विकासको प्रक्रिया अगाडि बढाउँछ । विकास कोच्याउने विषय होइन । माथिबाट तल कोसेली दिने विषय पनि होइन । आवश्यकता र सन्दर्भलाई विश्लेषण गरी सामुदायिकताको जगलाई बलियो बनाउँदै जाने हो । यो प्रक्रियाले हामीलाई सही गन्तव्यमा पुर्‍याउँदैन ।

विकासलाई अब संघीयताको लयमा नसोच्ने हो भने केन्द्रीयताले जे खराब परिणामहरू निकालेका थिए, हामी ती परिणामहरू दोहोर्‍याएर पीडित हुनेछौं । संघीयताको एउटा मूल लक्ष्य विकासको पद्धतिमाथिको पुनर्विचार हो । अझ सोझो भन्ने हो भने हिजो हामी माथिबाट तल विकास गरिदिने प्रक्रियामा थियौं, संघीयताले उल्ट्याउने मान्यता राख्छ । उल्ट्याउने मान्यता भनेको तलबाट विकासका मान्यता, रणनीति र क्रियाकलाप तय गर्ने हो । माथिले त त्यसलाई सहयोग गर्ने मात्रै हो ।

संघीयता भन्नुको अर्थ केवल तीन तहका सरकार मात्रै होइन, विकासको मान्यताको रणनीतिको फेरबदल पनि हो । यी संरचनाहरू निजी क्षेत्रलाई जिम्मा लगाउने कुरा ठूलो ठट्टा हो । संघीयताको अपमान हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् । शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना ...
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...