मुख्य समाचार
एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले अब आफ्नै पार्टी बनाउने
एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले अब आफ्नै पार्टी बनाउने

— एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले अब आफ्नै पार्टी बनाउने बताएका छन् । एमालेमा जाने कुरो नमिलेपछि गौतमले आफ्नै बलियो पार्टी बनाउने निष्कर्षमा पुगेको बताएका छन् । सोमबार कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै गौतमले आफ्नो पार्टी नभएकाले नै अरु दलहरूले एकताका लागि प्राथमिकता नदिएको बताएका हुन् ।


राष्ट्रिय एकता अभियानका अध्यक्षसमेत रहेका गौतमले भने, 'हामी आफ्नो पार्टीलाई समेट्छौं अहिले सुरुमा । त्यसपछि खर्च व्यवस्थापन गर्नुपर्ने भयो । खर्च व्यवस्थापन गरेर आफ्नै पार्टी बनाउने हो । पार्टी नबनिकनै एकताका लागि नबोलाउने रहेछन् ।'


केही समयअघि आजीवन एमालेमै बस्ने गरी जान लागेको उनले कान्तिपुरसँगै बताएका थिए । नेकपा एकीकृत समाजवादीमा कार्यकारी भूमिका दिनेबारे कुरा नमिलेपछि आफू एमालेमा जान लागेको उनको दाबी थियो । गौतमले एमालेसँग एकतै हुने दाबी गरे पनि एमाले नेताहरूले भने सहकार्य मात्र हुने निर्णय भएको बताएका थिए । एमाले सचिवालय बैठकले ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ निर्णय गरेको थियो । गौतमले भने उक्त निर्णय अपमान भएको बताउँदै आएका छन् । 'एमालेको निर्णयले अपमान भयो । एमालेको सचिवालयले सहकार्य भन्ने निर्णय गरेको छ नि त्यो हामीलाई गरेको अपमान हो,' उनले भने ।

अब त एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन आउने आश पनि नरहेको उनले बताएका छन् । 'केपी ओलीको फोन अहिलेसम्म आएन, अब आउँछ भन्ने आस पनि रहेन । ओलीसँगको भेटपछि सँगै नाच्ने भनेको मात्रै होइन त्यतिबेला त म एमाले भइसकेँ भनेको थिएँ । धोका भयो भन्ने कि के भन्ने ?,' उनले भने ।

एमाले निर्माणमा ठूलो भूमिका भए पनि अहिले वास्ता नगरिएको उनको भनाइ छ । उनले अगाडि भने, 'एमाले पार्टी निर्माणमा अरु कसैकोभन्दा मेरो भूमिका कम छैन । एक, दुई, तीन जतिपटक गल्ती (पार्टी विभाजन गरेर) भए पनि एमालेमा फर्कँदै काम गर्न गएकै थिएँ । मर्ने बेलासम्म यहीँ काम गरौं, एमालेको झन्डा ओढेर मरौं भन्ने लागेको थियो ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले बुधबारसम्म २१ वटा स्पष्टीकरण सोधेकोमा पाँचवटाको मात्र जवाफ आएको जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा स्पष्टीकरण सोधिएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। त्यस्तै निर्वाचन ...
: गुल्मीमा तीन महिने शिशुको हत्या गरिएको छ। जिल्लाको इस्मा गाउँपालिका–२, छल्दीटारमा मादक पदार्थ सेवन गरी आफ्नै तीन महिनाको नाबालक छोराको आफ्नै बाबुले हत्या गरेको खुलेको छ। गएराति करिब ८ बजेको समयमा ४६ वर्षीय सन्तबहादुर कुमालले मापसे सेवन गरी तीन महिनाका छोरा सुवास कुमाललाई भुइँमा पछारेर शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीसमेत १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सीटी स्क्यान मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै १९ जना व्यक्ति र एक कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। अख्तियारका अनुसार प्रतिष्ठानका तत्कालीन उपकूलपति भण्डारी,तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव,निर्देशक डा.सागर ...
: प्रहरीले लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ। कागेश्वरी मनहरा नगरपालिका- ६, मूलपानीमा सुनको गरगहना लुटपाट गर्ने (स्न्याचिङ गर्ने ग्रुप) समूहलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ। उक्त समूह जेनजी आन्दोलनपछि बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। काठमाडौंका एसएसपी रमेश ...
: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कांग्रेस रामेछापको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनौटसम्म पुग्दा पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको उनले बताए। उनले अघिल्लो निर्वाचनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम