मुख्य समाचार
संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन : पूर्वसांसद अधिकारी
संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन : पूर्वसांसद अधिकारी

। पूर्वसांसद राधेश्याम अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्थामा सुधार आउन आवश्यक रहेको बताएका छन् ।

सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् ।


‘राज्यका तीन अंगमध्ये कार्यपालिकाको हातमा डाडु पन्युँ छ । तर संसद्ले एउटा पुस्तकसम्म निकाल्न नसक्ने अवस्था छ । यो अवस्था घिनलाग्दो हो’, अधिकारीले भने ।

संसदीय समितिले डोनरको सहयोगमै ‘सरोकार दर्पण’ प्रकाशन गरेको हो । दर्पण पुस्तक प्रकाशनका लागि समितिले यूएनडीपी, एशिया फाउन्डेसन, एनडीआई, आईआरआई, जनसंख्या तथा विकासका लागि साम्सदहरुको राष्ट्रिय मञ्च (एनएफपीपीडी) लगायतको सहयोग लिएको छ ।


उक्त पुस्तक विमोचकमा बोल्दै अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्था उचित नभएको बताए । ‘संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन कि,’ अधिकारीले भने ।

उनले अहिले संसद्मा अनुसन्धानका लागि पनि लगानी नभएको पनि बताए ।

जसकारण संसद् कमजोर भएको उनको भनाइ छ । पुस्तकालय पनि त्यति प्रभावकारी नभएको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित सातजनाको बयान भइरहेको छ। मंगलबारदेखि उनीहरूको बयान सुरू भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सोमबार राहदानी विभागका महानिर्देशक अर्यालसहित ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति-केन्द्रित सोचप्रति कडा प्रहार गरेका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्। प्रतिवेदनको ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र ...
: मोटरसाइकल चोरी गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यले बताएका छन्। उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। मंगलबार साँझ ...
। प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् । रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन आफू पनि महाधिवेशन सुरु भएको दिनदेखि नै चितवनमा छन् । उनी मंगलबार ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् । दस्तावेजमा जनमतबाट ठूलो संसदीय शक्ति बने पनि दीर्घकालीन राजनीतिक शक्तिका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ। ‘निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा ...