मुख्य समाचार
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । 'जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, यसको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ', राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।


यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे ।

'नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु', राष्ट्रपति पौडेलले भने । उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यको कामना व्यक्त गरे ।

नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीसहित आजै काठमाडौँ आएका हुन् । भेटमा बेलायतका अधिराजकुमारका धर्मपत्नी सोफी, नेपालका लागि बेलायती राजदूत रब फेन सहभागी थिए । त्यस अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा हिमालमा जलवायु परिवतर्नले पारेका असरबारे बुझ्न पाउने अपेक्षा व्यक्त गरे ।

बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय थप सान्दर्भिक हुने धारणा व्यक्त गरे । उनले ब्रिटिस सेनामा नेपालले भर्तीको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सैनिकको सम्बन्ध कोसेढुङ्गा रहेको उल्लेख गरे ।

‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी

सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे ।

राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए । 'ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्‍याएको छ', राष्ट्रपति पौडेलले भनेका थिए ।

उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा प्रहरीले ठूलो परिमाणमा भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतका विभिन्न इकाइहरूले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा ९ नाल भरुवा बन्दुक फेला परेको हो। इलाका प्रहरी कार्यालय काँक्री, रुकुम पूर्वले पुस २४ गते भूमे गाउँपालिका–२ ढुसीडाँडास्थित बनमाराको जंगलमा लुकाइ छिपाइ राखिएको अवस्थामा १ नाल साबुत र ६ नाल ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सभापति बन्नका लागि आग्रह गरेको दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्‍घाटन सत्रमा सम्बोधन गर्दै उनले आफू र विश्वप्रकाश शर्मा उनकै निवास गएर उक्त आग्रह गरेको बताए। 'कार्यवाहक सभापतिको घरमा हात जोडेर सभापति बन्नुस् भनेका छौं। त्यति गर्दा पनि उहाँहरूको उपस्थिति आज भएन। य दुःखद कुरा हो,' ...
: ठूलो परिमाणको लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणको लागुऔषध सहित उनीहरूलाई पक्राउ गरेको डीएसपी भीषणबाबू राईले बताए। आइतबार बिहान प्रहरी हवलदार खेम बरालको कमाण्डमा खटिएको तीन जनाको गस्ती टोलीले धरान उप–महानगरपालिका–१७ मा कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो। ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्रा केस्रा) केलाएर छलफल गरिने बताएका छन्। आइतबार काठमाडौंमा सुरू भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट ...
: विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। अभियानमार्फत लाइसेन्सविहीन चालक, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम