मुख्य समाचार
मधेशकेन्द्रित आठ दलले भन्यो- सरकारविरुद्ध मोर्चा बनाएका होइनौं
मधेशकेन्द्रित आठ दलले भन्यो- सरकारविरुद्ध मोर्चा बनाएका होइनौं

। आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको मधेशकेन्द्रित आठ राजनीतिक दलले बताएका छन् । सोमबार बसेको आठ दलीय कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले यस्तो बताएका हुन् ।

‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन् । त्यस्तो होइन,’ उनले भने ।




समान मुद्दा भएका दलहरूले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको उनले दाबी गरे ।

‘समान मुद्दा भएका राजनीतिक दलहरूको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ । यसले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भनेर बनेको कार्यदलले विगतमा भइआएका घटनालाई राज्यले हेर्ने दृष्टिकोण, अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा आजको बैठकमा छलफल भयो,’ चौधरीले भने ।




साथै, बैठकले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, अध्यादेशबारे धारण बनाउने लगायतका विषयमा छलफल भएको उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्। पक्राउमध्ये ...
। नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन: प्रतिबद्धता सहितको निर्णय गरेको छ । सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष ...
: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् । उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख ...
। पार्टी नीति बारे नयाँ पुस्तालाई जानकारी गराउन नेपाली कांग्रेसले छुट्टै पाठ्यक्रम तयार गर्ने भएको छ । १६ देखि २६ वर्षको उमेर समूहलाई लक्षित गरी पाठ्य सामग्री बनाउन लागिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराए । पार्टी केन्द्रीय समितिमा बोल्ने क्रममा नीति,अनुसन्धान प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले एक–डेढ महिना भित्रमा एउटा जेनेरेसनका लागि पाठ्यक्रम बनाउने बताए । ‘१६ ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई समय छ, ६ महिना अझै थप्न मिल्छ भनेका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन ...