मुख्य समाचार
०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार
०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन् ।

मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब जनतातिरै फर्कने कसम आफूले खाएको पनि दाबी गरे ।




‘हामी माओवादीहरूलाई पहिलो चोटी जनताले अपार विश्वास गरेकै हो । कांग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो । हामीलाई तपाईंहरूले गरेको माया पनि पचेन । पचाउन सकिएन । हामीले भुइँ छाड्न थालियो,’ प्रचण्डले सम्बोधनको क्रममा भने ।

साथै, उनले सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको दाबी गरे ।
‘आखिर हाम्रो तागत जनताको तागत नै हो । हामी हिजो जंगलमा थिएनौं । जनताको काखमा थियौं । अहिले हामी काठमाडौंको जंगलमा भयौं । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु,’ प्रचण्डले भने ।

उनले आफ्नै छोराछोरी सम्झेर माओवादीलाई माफी गरिदिन पनि आग्रह गरेका छन् ।

‘हामीले केही त्रुटि गर्‍यौं । हामीले जुन वर्ग समुदायका लागि लडाईं लडेका थियौं, त्यो समुदायसँग हाम्रो सम्बन्ध कमजोर हुँदै गयो । शंका पैदा हुने वातावरण पैदा हुँदै गयो । त्यसकारण पनि जनतामा एउटा निराशा र असन्तुष्टि बढ्दै गयो,’ प्रचण्डले भनेका छन्, ‘अब एकचोटी गल्ती सच्याउने, आफ्नै वर्गतिर फर्कने, फेरि शहिद, अपाङ्ग, दलित, आदिवासी जनजाती, मजदुर किसान, मुस्लिम, थारु, मधेशीको निम्ति फर्कने संकल्प गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको ऋषिकेशस्थित जूना अखडाका पूज्य आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरवको प्रशंसा गरेका छन्। हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरेका हुन्। सांस्कृतिक ऐक्यबद्धता र कुमारी परम्पराको सम्मान कार्यक्रमको ...
: कालीकोटमा ४८ बर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमा–छोरा दुबैलाई पक्राउ गरेको छ । सान्नित्रिबेणी गाउँपालिका–४ मेहलमुडी घर भई हाल सोही गाउँपालिका–९ मुम्रा बस्ने सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै श्रीमती र छोरालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको हो । यही जेठ २७ गते साँझ ८ बजेर ३० को समयमा सान्नीत्रिवेणी गाउपालिका–९ ...
। वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का रूपमा रोजगारीमा जान आवेदन दिएका नेपालीलाई प्रहरी प्रतिवेदन पछि बुझाउन सकिने व्यवस्था गरेको छ । विभागले सूचना जारी गर्दै आवेदन दिने क्रममा प्रहरी प्रतिवेदन प्राप्त नभएका कारण आवेदन प्रक्रियाबाट वञ्चित हुन सक्ने गुनासो आएपछि यस्तो सहजीकरण गरिएको जनाएको छ । सूचना अनुसार आवेदनका लागि आवश्यक ...
: नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने जनाएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न ...
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका छन्। शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका हुन्। ...