मुख्य समाचार
संस्कृति, प्रकृति र सम्पदा नेपालका खुला संग्रहालय : पर्यटनमन्त्री पाण्डे
संस्कृति, प्रकृति र सम्पदा नेपालका खुला संग्रहालय : पर्यटनमन्त्री पाण्डे

। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला संग्रहालय भएको बताएका छन् ।

सोमबार प्रा. डा. सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तक र ‘हनुमानढोका’ स्मारिका विमोचन गर्दै मन्त्री पाण्डेले जीवित सम्पदाले नेपाल धनी भएको तथा विविध संस्कृति, प्रकृति र सम्पदा खुला संग्राहलय भएका बताएका हुन् ।




मन्त्री पाण्डेले सम्पदा ठूलो पूँजी रहने भन्दै जल, जंगल र जडीबुटी जस्ता जैविक सम्पदा संरक्षण आवश्यकता औंल्याए । उनले प्राकृतिक सम्पदा जोगाउन प्राज्ञिक र शैक्षिक बहस तथा छलफल हुनुपर्ने बताए ।

उनले सम्पदा अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरी निष्कर्षमा पुग्नुपर्ने बताए । मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धानात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ...
। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । ...
। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ...
। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त ...
। नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् । ‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ ...