मुख्य समाचार
पुजा महतो आईसीसी यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश
पुजा महतो आईसीसी यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश

। नेपाली यू-१९ महिला टोलीकी कप्तान पुजा महतो आईसीसी यु-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा समावेश भएकी छिन् ।

आईसीसीले सोमबार सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’मा नेपालकी पुजा पनि परेकी हुन् । एसोसियट राष्ट्रबाट यस टिममा पर्ने पुजा एक्ली खेलाडी हुन् । उनलाई आईसीसीले छैटौं नम्बरको खेलाडीका रूपमा राखेको छ ।




पुजाले प्रतियोगिताभर ४ खेलमा ७० रन बनाएकी थिइन् । उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी थिइन् । त्यस्तै उनले ९ विकेट समेत लिएकी थिइन् ।

टिम अफ द टुर्नामेन्टमा एक अतिरिक्त सहित राखिएका १२ जनामध्ये भारतका ४, दक्षिण अफ्रिकाका ३ तथा इंग्ल्याण्डका २ जना छन् भने नेपाल, श्रीलंका र अस्ट्रेलियाका १-१ खेलाडी रहेका छन् ।




प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै आइतबार भारतले उपाधि जितेको थियो ।

नेपाल समूह चरणका तीनवटै खेलमा पराजित हुँदा प्लेअफमा भने आयोजक मलेसियालाई हराउँदै सान्त्वना जित निकालेको थियो ।

टिम अफ द टुर्नामेन्ट : गोंगदी तृशा (भारत), जेमा बोथा (दक्षिण अफ्रिका), डेभिना पेरिन (इंग्ल्यान्ड), कमलिनी गुनलान(भारत), काइम्हे ब्रे (अष्ट्रेलिया), पुजा महतो (नेपाल), कायला रेनेके (कप्तान,दक्षिण अफ्रिका),केटी जोन्स (विकेटकिपर, इंग्ल्यान्ड), आयुशी शुक्ला (भारत), चामोदी प्रबोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत), थाबिसेङ निनी (दक्षिण अफ्रिका)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
— पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा न्यु डायमन्ड युथ स्पोटर््स क्लबले फाइनलमा स्थान बनाएको छ । मंगलबार न्यु डायमन्डको निर्णायक जित, थाइल्यान्ड क्विन्सको लयबद्ध प्रदर्शन र पुरुषतर्फ पर्वत भलिबल संघको लगातार तेस्रो जितले च्याम्पियनसिपलाई थप रोमाञ्चक बनाएको छ । महिलातर्फ प्रभावशाली प्रदर्शन गर्दै एक खेल बाँकीमै न्यु डायमन्ड फाइनल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम