मुख्य समाचार
सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट पुनः सफाइ
सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट पुनः सफाइ

। सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ ।

लीलाई गत वर्षको एक सुनुवाइमा पनि अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए ।




एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ, ‘प्रस्तुत गरिएका प्रमाणहरू तर्कसंगत शंकाभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त थिएनन् ।’

लीलाई स्टक प्राइस हेरफेर, विश्वासघात र ‘एकाउन्टिङ फ्रड’ लगायतका आरोपबाट सफाइ दिइएको हो ।




यो मुद्दा सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एन्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरसँग सम्बन्धित छ ।

लीले सियोलको अदालत छोड्ने क्रममा कुनै पनि प्रश्नको जवाफ दिएनन् तर उनका वकिलहरूले पत्रकारहरूलाई भने, ‘हामी अदालतको बुद्धिमत्तापूर्ण निर्णयको लागि हृदयदेखि धन्यवाद दिन्छौँ ।’

‘यो मुद्दाको अनुसन्धान र सुनुवाइ प्रक्रिया सुरु भएको धेरै लामो समय भइसकेको छ,’ लीको कानुनी टोलीले भनेको छ, ‘हामी आशा गरेका छौँ कि यस फैसलासँगै प्रतिवादीहरू अब आफ्नो उचित कर्तव्य र जिम्मेवारीमा फर्कन सक्नेछन् ।’

सन् २०१७ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई पदच्युत गर्ने व्यापक अनुसन्धानपछि लीलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो ।

दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसङ समूहको हार (गहना) मानिने सामसङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्षलाई सन् २०२१ को अगस्टमा पेरोलमा रिहा गरिएको थियो ।

दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिले उनलाई आममाफी दिएको दुई महिनापछि सन् २०२२ को अक्टोबरमा उनी औपचारिक रूपमा कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।

-रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्वको सबैभन्दा ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । पछिल्लो तीन महिनामा कम्पनीले गरेको यो दोस्रो ठूलो जनशक्ति छाँटकाँट हो । कम्पनीले आफ्ना बाँकी भौतिक स्टोर, किराना र गो मार्केटहरू बन्द गर्ने जनाएको छ । ग्राहकको हत्केला स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्ने प्रविधि ‘अमेजन वान’ पनि ...
— सिंगापुर एयरलाइन्सले यात्रु चापलाई लक्षित गर्दै मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार सातामा दुई उडान वाइडबडी विमानमार्फत सञ्चालन हुनेछ । आगामी मार्च र अप्रिलमा यात्रुको चाप बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइडबडी विमान प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्स नेपालले जनाएको छ। उक्त विमान हालसम्म त्रिभुवन ...
: न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार क्रिस्टोफर लक्सनले इमेल गरिएको विज्ञप्तिमा भनेका छन्,'हामीले हालको रूपमा शान्ति बोर्डमा सामेल नहुने निर्णय गरेका छौं।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि 'बोर्ड अफ पिस' नामक संस्था ...
: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम