मुख्य समाचार
ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा
ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

। विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामी नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस-एन्जलसमा सम्पन्न भएको छ । ‘नट लाइक अस’ गीतबाट ५ विधा जित्दै र्‍याप संगीतका चर्चित केन्ड्रिक लामारले यसपटक बाजी मारे ।

वर्षकै उत्कृष्ट गीत, रेकर्ड अफ द इयर, उत्कृष्ट र्‍याप गीत, बेस्ट र्‍याप पर्फमेन्स र उत्कृष्ट म्युजिक भिडियो विधामा उनले अवार्ड जिते । रेकर्ड अफ द इयर विधामा उनले बिटल्स, बियोन्से, चार्ली एक्ससीएक्स, बिली एलिस, सवरिना कार्पेन्टर, टेलर स्विफ्ट र चपेल रोनलाई समेत उछिने ।


लस-एन्जलसको क्रिप्टो एरिनामा आयोजित ६७ औं ग्रामीको शीर्ष विधाको प्रतिस्पर्धामा महिलाको वर्चस्व थियो । तर, बियोन्सेबाहेक कसैले अवार्ड जित्न सकेनन् । ११ विधामा मनोनयन भएकी बियोन्सेले ३ विधामा अवार्ड जितिन् ।

उनको पछिल्लो एल्बम ‘काउब्याय कार्टर’ वर्षकै उत्कृष्ट एल्बम घोषित भयो । सन् १९९९ पछि यो विधामा जित्ने उनी पहिलो अश्वेत महिला बनिन् । कुन विधामा कसले जिते ?

रेकर्ड अफ द इयर- नट लाइक अस (केन्ड्रिक लामार)
एल्बम अफ द इयर- काउब्याय कार्टर (बियोन्से)
सङ अफ द इयर- नट लाइक अस (केन्ड्रिक लामार)
उत्कृष्ट नयाँ कलाकार- चपेल रोन

उत्कृष्ट पप एकल प्रस्तुति- एस्प्रेस्सो (सरविना कार्पेन्टर)
उत्कृष्ट संयुक्त पप प्रस्तुति– डाइ विथ अ स्माइल (लेडी गागा र ब्रुनो मार्स)
उत्कृष्ट रक प्रस्तुति– नाउ एण्ड देन (बिटल्स)
उत्कृष्ट रक एल्बम– हाक्नी डायमण्ड्स (द रोलिङ स्टोन्स)

उत्कृष्ट र्‍याप प्रस्तुति- नट लाइक अस (केन्ड्रिक लामार)
उत्कृष्ट र्‍याप गीत- नट लाइक अस (केन्ड्रिक लामार)
उत्कृष्ट कन्ट्री गीत- काउब्याय कार्टर (बियोन्से)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...
। युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ । यो फिल्मले ग्रीक नायक ओडिसियसलाई पछ्याउँछ, जसको भूमिकामा म्याट डेमनले अभिनय गरेका छन् । उक्त पात्र ट्रोजन युद्ध पछि घर फर्कने लामो र घुमाउरो बाटो यात्रा तय गर्छ । युनिभर्सलले फेब्रुअरीमा डेमनको पहिलो-लुक ...
। हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही सरप्राइज अवश्य छ । ‘क्याप्टेन अमेरिका’ को भूमिकामा चर्चित अभिनेता क्रिस इभान्स यो मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएका छन् । उनलाई यो श्रृंखलामा स्टिभ रोजर्सको भूमिकामा देख्न पाइनेछ । चारमध्ये यो पहिलो टिजर भएको बताइएको ...
। हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ । मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो । रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री ...