मुख्य समाचार
सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आजदेखि ओपीडी सेवा बहिष्कार गर्ने
सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आजदेखि ओपीडी सेवा बहिष्कार गर्ने

। सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आजदेखि ओपीडी सेवा बहिष्कार गर्ने भएका छन् । आन्दोलन थालेको ७ दिन बितिसक्दासमेत माग पूरा नभएपछि ओपीडी सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

‘हालसम्म पनि सरकारबाट मागसँग सम्बन्धित कुनै निर्णय नभएको हुनाले अब हामीले हाम्रा विरोधका कार्यक्रमहरुलाई अझै सशक्त बनाउँदै लैजानुको विकल्प नरहेको हाम्रो ठहर छ,’ स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको नामबाट जारी विज्ञप्तिमा भनिएको छ ।




‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए । उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए ।

आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए । संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।




स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले सरकारी सरह सेवासुविधा पाउनुपर्ने लगायतका चार बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । आफ्ना माग पूरा नभएसम्म कार्यस्थलमा नगइ काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुन पनि प्रेस विज्ञप्तिमार्फत आव्हान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पोर्चुगलमा कोभिड–१९ खोप अभियान सुरु भएको पाँच वर्षको अवधिमा तीन करोड २० लाखभन्दा धेरै डोज खोप लगाइएको छ । शनिबार सार्वजनिक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले यो जानकारी दिएको हो । पोर्चुगिज सार्वजनिक स्वास्थ्य समाजका अध्यक्ष तथा पूर्व स्वास्थ्य महानिर्देशक फ्रान्सिस्को जोर्जले यस उपलब्धिलाई ‘अत्यन्त सकारात्मक’ भन्दै खोप अभियानलाई निरन्तरता दिनु ‘आधारभूत आवश्यकता’ भएको बताए ...
रास्वपा त्यागेर निस्केकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले बालेन र रास्वपाको एकता प्रक्रियामा कुलमान घिसिङलाई पनि समेट्नुपर्ने र त्यो जिम्मेवारी बालेन र रास्वपाकै रहेको बताएकी छन्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...