मुख्य समाचार
ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित
ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित

। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित गरेका छन् । चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ ।

ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५/२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै ट्रम्पको आलोचना भएको थियो ।


अमेरिकाको प्रतिक्रियास्वरुप क्यानडाले पनि अमेरिकी वस्तुमा ट्यारिफ लगाउने घोषणा गरेको थियो ।

त्यसपछि सुरुमा मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ लगाउने निर्णयबाट पछि हटेका ट्रम्पले पछि क्यानडालाई ट्यारिफ लगाउने निर्णय पनि स्थगित गरेका हुन् ।




ट्रम्पले ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका छन् । क्यानडाले अमेरिका प्रवेश हुने फेन्टालिन जस्ता अवैध लागूऔषध रोक्न सीमा क्षेत्र मा आवश्यक कदम उठाएपछि ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको उनले जनाएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘क्यानडाले अमेरिकासँग जोडिएको उत्तरी सीमा क्षेत्र सुरक्षित गर्ने जनाएको छ । त्यसका लागि प्रधानमन्त्री जस्टिन ट्रुडोले १.३ अर्ब क्यानडाइ डलर खर्च गर्ने प्रतिबद्धता जनाएको ट्रम्पको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। लेबर पार्टीभित्रबाट बढ्दो दबाब र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टार्मरले यो निर्णय लिएका हुन्। बीबीसीका अनुसार, आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन्। आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ ...
। इरानका सांसद इब्राहिम अजिजीले स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय गर्ने अधिकार इरानको नै रहेको बताएका छन् । स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच वार्ता चलिरहेका बेला इरानी संसद्को राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका प्रमुख समेत रहेका सांदद अजिजीको यो बयान आएको हो । ‘तिमी(अमेरिका) धमकी देऊ, हामी कारबाही गर्नेछौं,’ उनले एक्समा लेखेका छन्,‘होर्मुज स्ट्रेट न तिम्रो ...
: अमेरिका र इरानबीचको वर्षैँ देखिको विवाद र असमझदारी सुल्झाउन कतार र पाकिस्तानको मध्यस्थतामा चारवटा उच्चस्तरीय कार्यदल (कमिटी) गठन गरिएको छ। स्विट्जरल्यान्डमा आइतबार रातिसम्म चलेको पहिलो चरणको वार्तापछि मध्यस्थकर्ता मुलुकहरू कतार र पाकिस्तानले दुवै पक्षबिच चारवटा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको दाबी गरेका हुन्। स्विट्जरल्यान्डको लेक लुसर्नमा आयोजित ‘लेक लुसर्न समिट’ अन्तर्गत आइतबार पहिलो चरणको ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको गृह मन्त्रालयले सोमबार उक्त जानकारी दिएको हो । मन्त्रालयका अनुसार आइतबार भएको विस्फोट ‘प्राविधिक समस्या’का कारण भएको थियो । बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ । रास लाफान क्षेत्र ...
: स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा अमेरिका र इरानबीच चलिरहेको 'लेक लुसर्न समिट' शान्ति वार्ताको पहिलो उच्चस्तरीय सत्र सम्पन्न भएको छ। कतार र पाकिस्तानको मध्यस्थतामा भइरहेको उक्त वार्ताको समाप्तिसँगै दुवै मध्यस्थकर्ता देशले एक संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएका छन्। पाकिस्तानको विदेश मन्त्रालयमार्फत जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार, वार्तालाई सही दिशा दिन र ...