मुख्य समाचार
यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित
यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित

। साउदी प्रो लिग क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग इलाइटमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा यूएईको क्लब अल वासललाई अल नासरले ४-० ले पराजित गरेको हो ।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । त्यस्तै अलि अल हासन र मोहमद अल फातिले एक-एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्‍याएका छन् ।




रोनाल्डोले आफ्नो ४०औं जन्मदिन बुधबार मनाउँदै छन् । त्यसको एक दिनअघि उनले दुई गोल गरेका हुन् । उनले पहिलो गोल पेनाल्टीमा तथा दोस्रो गोल हेडरमार्फत गरेका थिए । उनको गोलमा उनका छोरा पनि दर्शकदीर्घामा सेलेब्रेट गरेको देख्न सकिन्थ्यो ।

यो जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा ७ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार लेन्सलाई २–० ले पराजित गर्दै फ्रान्सेली लिग वानको उपाधि जितेको छ । पीएसजी फ्रान्सेली लिग च्याम्पियन भएको यो लगातार पाँचौं पल्ट हो । खविचा क्वारत्सखेलियाले पीएसजीका लागि गोलको खाता खोलेपछि इब्राहिम एमबापेले दोस्रो गोल थपे । यससँगै पीएसजीले लिग तालिकामा नौ अंकको निर्णायक अग्रता लिएको छ । लिगमा अब ...
— लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ र यससँगै घरेलु कप डबलको उपलब्धी हात पारेको छ । इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो । रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे । यो सिजन सबै खाले ...
— अबको महिना दिनभन्दा कम समयमा ३२ वर्षपछि अमेरिकामा फिफा विश्वकप फर्किने छ । सन् १९९४ पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरिरहेको छ । जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपको अमेरिका आयोजक, क्यानडा र मेक्सिको सहआयोजकका रूपमा छन् । अमेरिकी क्षेत्रमा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ नजिकिएसँगै आयोजक देशहरूमा फुटबलको ...
। फिफा विश्वकप २०२६ का लागि ब्राजिलले प्रारम्भिक टोली घोषणा गरेको छ । ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । चोटका कारण लामो समय बाहिर रहेका नेयमार प्रारम्भिक टोलीमा समेटिएका हुन् । गोेलरक्षकः एलिसन, बेन्टो, एडर्सन, ह्युगो सौजा, जोन र वेभर्टन । डिफेन्डरः मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस, ग्लेसन ब्रेमर, लिओ परेरा, रोजर ...
। फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् । रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (एफएफके) ले पुष्टी गरेको छ । प्रशिक्षक रुटेन र फेडेरेसनका अध्यक्षबीच भएको खुला तथा रचनात्मक छलफलपछि यो निर्णय लिइएको फेडेरेसनले जनाएको छ । कुराकाओको फुटबल, खेलाडीहरूको हित र राष्ट्रिय टोली ...