मुख्य समाचार
ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने
ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने भएको छ । पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बीआरआईबाट अलग हुने घोषणा गरेका हुन् ।

योसँगै चिनियाँ पूर्वाधार पहलबाट पछि हट्ने पहिलो ल्याटिन अमेरिकी देश हुनेछ । मुलिनोले आगामी एक/दुई वर्षभित्र सम्झौता नवीकरण गर्ने तयारी भइरहेको भएपनि त्यसलाई पहिले नै खारेज गर्ने सम्भावना भएको जनाएका छन् । 'हामी यसलाई चाँडै समाप्त गर्ने सम्भावनाबारे अध्ययन गर्नेछौं,' उनले भनेका छन् ।

पनामा सन् २०१७ मा बीआरआईमा सहभागी भएको थियो । सन् २०१७ मा पूर्वराष्ट्रपति जुआन कार्लोस भेरेलाको शासनकालमा पनामाले पूर्वाधारमा चिनियाँ लगानी बढाउने सम्झौता गरेको थियो । पनामा नहरमा चीनको उपस्थितिबारे अमेरिकी चिन्ताबीचमा पनामाको नयाँ निर्णय सार्वजनिक भएको हो । पनामा नहर क्षेत्रमा चीनको उपस्थितिलाई लिएर अमेरिकी चिन्ता बढ्दै गएपछि पनामाको निर्णय आएको हो ।

मुलिनोसँगको छलफलपछि रूबियोले वासिङटनको अडानलाई जोड दिँदै भने, 'अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीलाई पानामा नहर क्षेत्रमा आफ्नो प्रभावकारी र बढ्दो नियन्त्रण जारी राख्न अनुमति दिन सक्दैन र दिनेछैन ।'

हङकङस्थित फर्म सीके हचिसन होल्डिङ्सले २०२१ मा नवीकरण गरिएको २५ वर्षको सहुलियत अन्तर्गत नहरको दुवै छेउमा दुईवटा प्रमुख बन्दरगाह सञ्चालन गर्दै आएको छ । अमेरिकी अधिकारीहरूले नहरनजिक चीनको नियन्त्रणमा पूर्वाधार निर्माण हुनसक्ने र यसले रणनीतिक खतरा निम्त्याउने बताउँदै आएका छन् ।

'मन्त्री रुबियोले यो यथास्थिति अस्वीकार्य छ र तत्काल परिवर्तन नभएको स्पष्ट पारेको छ । त्यसकारण अमेरिकाले सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्नुपर्नेछ,' अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले एक विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...
— इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् । टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे ...
— संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ । अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छ, जसले ...
— इरानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र समान’ वार्ताका तयार रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्ताका लागि धम्कीको वातावरण हुन हुन नहुनेमा जोड दिए। ‘इरानलाई वार्तामा कुनै समस्या छैन,’ शुक्रबार टर्कीमा पत्रकारहरूसँग बोल्दै उनले भने, ‘तर धम्कीको छायाँमा वार्ता हुन सक्दैन।’ अलजजिराका अनुसार अराघचीले इरानको क्षेप्यास्त्र क्षमता र मिसाइललाई भने वार्ताको विषय बनाउन नसकिने ...
— चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको आलोचनाका लागि बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको शुक्रबार बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बताएका छन् । सांसदहरूलाई चीन प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो र सन् २०२१ मा चिनियाँ संस्थाहरूलाई उनीहरूसँग व्यापार गर्न प्रतिबन्ध लगाइएको थियो । बेइजिङले आफ्नो सिन्जियाङ ...