मुख्य समाचार
ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने
ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने भएको छ । पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बीआरआईबाट अलग हुने घोषणा गरेका हुन् ।

योसँगै चिनियाँ पूर्वाधार पहलबाट पछि हट्ने पहिलो ल्याटिन अमेरिकी देश हुनेछ । मुलिनोले आगामी एक/दुई वर्षभित्र सम्झौता नवीकरण गर्ने तयारी भइरहेको भएपनि त्यसलाई पहिले नै खारेज गर्ने सम्भावना भएको जनाएका छन् । 'हामी यसलाई चाँडै समाप्त गर्ने सम्भावनाबारे अध्ययन गर्नेछौं,' उनले भनेका छन् ।

पनामा सन् २०१७ मा बीआरआईमा सहभागी भएको थियो । सन् २०१७ मा पूर्वराष्ट्रपति जुआन कार्लोस भेरेलाको शासनकालमा पनामाले पूर्वाधारमा चिनियाँ लगानी बढाउने सम्झौता गरेको थियो । पनामा नहरमा चीनको उपस्थितिबारे अमेरिकी चिन्ताबीचमा पनामाको नयाँ निर्णय सार्वजनिक भएको हो । पनामा नहर क्षेत्रमा चीनको उपस्थितिलाई लिएर अमेरिकी चिन्ता बढ्दै गएपछि पनामाको निर्णय आएको हो ।

मुलिनोसँगको छलफलपछि रूबियोले वासिङटनको अडानलाई जोड दिँदै भने, 'अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीलाई पानामा नहर क्षेत्रमा आफ्नो प्रभावकारी र बढ्दो नियन्त्रण जारी राख्न अनुमति दिन सक्दैन र दिनेछैन ।'

हङकङस्थित फर्म सीके हचिसन होल्डिङ्सले २०२१ मा नवीकरण गरिएको २५ वर्षको सहुलियत अन्तर्गत नहरको दुवै छेउमा दुईवटा प्रमुख बन्दरगाह सञ्चालन गर्दै आएको छ । अमेरिकी अधिकारीहरूले नहरनजिक चीनको नियन्त्रणमा पूर्वाधार निर्माण हुनसक्ने र यसले रणनीतिक खतरा निम्त्याउने बताउँदै आएका छन् ।

'मन्त्री रुबियोले यो यथास्थिति अस्वीकार्य छ र तत्काल परिवर्तन नभएको स्पष्ट पारेको छ । त्यसकारण अमेरिकाले सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्नुपर्नेछ,' अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले एक विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष वार्ताकारहरू स्टिभ विटकफ र जारेड कुश्नर चाँडै नै रुसको भ्रमणमा जाने भएका छन्। रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिएभले यस कुराको पुष्टि गरेका हुन्। उनले भ्रमणको निश्चित मिति तय भइनसकेको तर दुई देशबिचको संवाद निरन्तर अगाडि बढिरहेको बताए। स्रोतका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच ...
रुसको काजान सहरमा रुस–आसियान शिखर सम्मेलनको मुख्य बैठक सुरु भएको छ । समाचार एजेन्सी तासका अनुसार, यो सम्मेलन रुस र आसियान बिचको सम्बन्धको ३५औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान ‘काजान एक्सपोज इन्टरनेसनल एक्जिभिसन सेन्टर’ मा विदेशी प्रतिनिधिमण्डलका प्रमुखहरूलाई स्वागत गरेका छन्। बैठक सुरु हुनुअघि नेताहरूले सामूहिक तस्वीर खिचाएका थिए। यो बैठकको ...
। युक्रेनले ड्रोनमार्फत रुसको राजधानी मस्कोमा ठूलो हमला गरेको छ । उक्त हमलालाई रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले मस्कोमा गरेको सबैभन्दा ठूलो हमला भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । करिब २०० ड्रोनले रुसको राजधानी मस्कोका विभिन्न टार्गेटहरूमा विष्फोट गराएको भनिएको छ । विष्फोटबाट कैयौं ठाउँमा आगजनी भएको छ भने ठूलो धुँवा निस्किएको तस्वीरहरू आइरहेका छन् । मस्कोका ...
। अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ । अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर ...
: बेलायत र मस्कोबीच तनाव बढिरहेका बेला मंगलबार बिहान इङलिस च्यानलमा यात्रा गरिरहेको एक बेलायती निजी याट (बिलासी जहाज) नजिक रुसी युद्धपोतले चेतावनीस्वरूप गोली चलाएको छ । यो दुर्लभ घटना बिहान ११ः४० बजे इङलिस च्यानलमा, आइल अफ वाइट (टापु) बाट २० माइलभन्दा बढी दक्षिण र नोर्मान्डीबाट करिब ४० माइल उत्तरतर्फ भएको थियो । ‘ब्राइट फ्युचर’ नामको ...