मुख्य समाचार
क्यानडा, मेक्सिको चीनले पनि अमेरिकामाथि त्यस्तै कर लगाउने लगाउने घोषणा
क्यानडा, मेक्सिको चीनले पनि अमेरिकामाथि त्यस्तै कर लगाउने लगाउने घोषणा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क लगाइएको छ । ट्रम्पले घोषणा गरेको नयाँ कर मंगलबारदेखि कार्यान्वयमा आउने जनाइएको छ ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्‌कालीन आर्थिक शक्तिको प्रयोग गरेको जनाएका छन् । चीनले फेन्टनिल (औषधि) प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले गैरकानुनी आप्रवासीलाई सीमा वारपार गर्न दिएको आरोप लगाएका छन् ।

ट्रम्पको निर्णयसँगै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १ सय ५५ अर्ब डलर बराबरका सामाग्री आयात गर्दा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका बीबीसीले जनाएको छ ।

ट्म्पको नयाँ कदमले 'लामो समय असर पुर्‍याउने' भन्दै प्रधानमन्त्री ट्रुडोले अमेरिकामा उत्पादित बियर, वाइन, तरकारी, फलफूल तथा जुस, लत्ताकपडा र जुत्ता लगायतका वस्तुमा नयाँ कर लगाइएको बताएका छन् । त्यस्तै, फर्निचर र खेलकुद सामाग्री, खनिज, ठेक्कापट्टा लगायतका क्षेत्रमा पनि नयाँ करले असर पुग्ने उनको भनाइ छ ।

अमेरिकी कदम र त्यसको प्रतिवादमा आफ्नो मुलुकले लिएको निर्णयले दुवै देशका नागरिक र कामदार प्रभावित हुने ट्रुडोको भनाइ छ । 'हामी यो अवस्था चाहेका थिएनौं । तर हामी क्यानाडेली नागरिकको पक्षमा उभिनबाट पछि हट्दैनौँ,' उनले भनेका छन् ।




त्यस्तै, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबाउमले पनि आफ्नो देशले अमेरिकामाथि जवाफी कर लगाउने बताएकी हुन् । सेइनबाउमले अमेरिकी निर्णयको प्रतिवाद गर्दै ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको 'अपमान' गरेको बताएकी छन् । ट्रम्पले मेक्सिको सरकार र मेक्सिकोका लागूपदार्थ कारोबारीबीच 'अमान्य किसिमको गठजोड' रहेको आरोप लगाउने गरेका छन् ।

सेइनबाउमले ट्रम्पले भनेको जस्तो गठबन्धन अस्तित्वमा रहेको भए अमेरिकी बन्दुक उत्पादकहरूले आपराधिक समूहहरूलाई शक्तिशाली अस्त्रहरू बिक्री गरिरहेको बताएकी छन् । मेक्सिकोले हालैका वर्षहरूमा त्यस्ता संगठित गिरोहहरूलाई रोक्न हतियारको तस्करी रोक्न माग गर्दै आएको छ ।

ट्रम्पको कदमपछि चीनले पनि व्यापार युद्धमा कसैले नजित्ने बताएको छ । चीनले आफूले पनि 'मिल्दोजुल्दो जवाफी कदम' चाल्ने र विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने तयारी गरिरहेको बीबीसीले जनाएको छ । 'चीन यसबाट असाध्यै असन्तुष्ट छ र यसको जोडदार विरोध गर्छ,' चीनले एक विज्ञप्तिमा भनेको छ ।

अमेरिकी कदमले दुई देशबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यमा क्षति पुग्ने बेइजिङको भनाइ छ । अमेरिकाले आफ्नो 'त्रुटिपूर्ण अवधारणा' सच्याउनुपर्ने र चिनियाँ पक्षसँग 'समानता, आपसी लाभ र आपसी सम्मान'का आधारमा समस्या समाधान गर्नुपर्ने चीनको भनाइ छ ।

गत वर्ष चीन, मेक्सिको र क्यानडाबाट अमेरिकामा भएको आयात ४० प्रतिशत भन्दा बढी थियो । नयाँ आयात शुल्क र जवाफी कदमले कार, सवारी साधनका पार्टपुर्जा, स्टिल, टमाटर, एभोकाडो, बियर लगायतका वस्तु महँगो हुने जनाइएको छ । नयाँ करले अमेरिकामा औषतमा कारको मूल्य तीन हजार डलरसम्म बढ्ने अर्थविद्हरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि उनकै पूर्व प्रेस सचिव युलिया मेन्डेलले कोकिन प्रयोग गर्ने गरेको र व्यक्तिगत लाभका लागि युद्ध लम्ब्याएको आरोप लगाएकी छन् । अमेरिकी पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा मेन्डेलले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जेलेन्स्कीले सन् २०२२ को इस्तानबुल शान्ति वार्तालाई कमजोर पारेर युद्ध जारी राख्ने रणनीति लिएको दाबी गरिन् । उनले जेलेन्स्की ब्रिफिङभन्दा अघि वेपत्ता हुने ...
। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । नयाँ तथ्याङ्क दुई साताअघि रक्षा सचिव ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच एक महिनादेखि चलिरहेको युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धविराम अहिले जारी रहे पनि अत्यन्तै कमजोर स्थितिमा रहेको बताएका हुन् । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्धविराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भंग हुन सक्ने अत्यन्त कमजोर अवस्थामा पुगेको अनुमान ...
। ताजिकिस्तानका लागि रुसी राजदूत सेम्योन ग्रिगोभले रुस र ताजिकिस्तानबीचको सम्बन्ध एक भरपर्दो रणनीतिक साझेदारी र गठबन्धनका रूपमा अगाडि बढिरहेको बताएका छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४औँ वार्षिकोत्सवका अवसरमा तास समाचार एजेन्सीसँग कुरा गर्दै राजदूत ग्रिगोभले सबै क्षेत्रमा गतिशील सम्पर्क र दिगो संयन्त्रमार्फत सहकार्य भइरहेको उल्लेख गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ताजिक राष्ट्रपति ...