मुख्य समाचार
इरानले शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण
इरानले शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउ फर्किएको दुई साताभित्रै इरानले शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आइतबार आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको हो ।

फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

सन् १९७९ फेब्रुअरी १० मा भएको इस्लामी गणतन्त्र स्थापनाको ४६औं वर्षगाँठको केही दिनअघि इरानको राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा आयोजित समारोहमा यो नयाँ क्षेप्यास्त्रको प्रदर्शन गरिएको हो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानमाथि अत्यधिक दबाबको नीति अंगिकार गरेका थिए । उनी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुअघिबाटै इरान इजरायलसँगको नयाँ द्वन्द्वमा होमिएको थियो ।

७ अक्टोबर २०२३ मा इजरायलको दक्षिण क्षेत्रमा प्रवेश गरेर हमासले गरेको आक्रमणपछि इरान र इजरायललाई आक्रमणकै स्तरमा आमनेसामने उभ्याएको थियो ।

यस्तो बेला गरिएको परीक्षणले पुनः एकपटक अमेरिका–इरान तथा इजरायल–इरान तनावलाई अझ चर्काउने विश्लेषण गर्न थालिएको छ । इरानको कदमले यस क्षेत्रमै थप तनाव उत्पन्न गर्ने विश्लेषणकहरूले बताएका छन् ।

तेहरानले भने यो परीक्षण इरानका नागरिकको सम्प्रभूता र इरानी भूमिको रक्षाको लागि भएको दावी गरेको छ । ‘रक्षा क्षमता र अन्तरिक्ष प्रविधिको विकास कुनै पनि देशले इरानी भूमिमा आक्रमण गर्ने दुस्साहस नगरून् भन्ने उद्देश्य हो,’ पेजेस्कियानले टेलिभिजनमार्फत् गरेको एक सम्बोधनमा भने ।


विश्लेषकहरूका अनुसार इरानले परीक्षण गरेको नयाँ स्वरूपको क्षेप्यास्त्र कट्टर शत्रु मानिने इजरायलसम्म पुग्न सक्षम रहेको बताएका छन् ।

यस्तै, पर्शियन खाडी र ओमानको समुद्रमा तैनाथ अमेरिकी नौसेनाका जहाजहरूसम्म सहजै निशाना बनाउन सक्ने बताइएको छ । यो परीक्षणसँगै पश्चिमा देशहरूले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमले मध्यपूर्वलाई अस्थिर बनाएको आरोप लगाउँदै चिन्ता व्यक्त गरेका छन् ।

इरानले भने आफ्नो पछिल्लो कदमले इरानलाई विश्वबाट एक्ल्याएरभन्दा वार्ता र संवादबाट अघि बढ्न पश्चिमाहरूलाई दबाब पुग्ने पुग्ने प्रतिक्रिया दिएको छ ।

कुनै समय संयुक्त राज्य अमेरिकाबाट सैन्य उपकरण सहायता प्राप्त गर्दै आएको इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि सम्पूर्ण सम्बन्ध तोडेको थियो । त्यही समयदेखि नै इरानले आफ्नै हातहतियारको विकास गर्न थालेको थियो ।

सन् १९८० देखि १९८८ को बीचमा इराकसँगको विनाशकारी युद्धका बेला हातहतियार प्रतिबन्धको सामना गरेको इरानले अहिले क्षेप्यास्त्र, हवाई प्रतिरक्षा प्रणाली र ड्रोनलगायत स्वदेशमा विकसित हतियारको पर्याप्त भण्डार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...