मुख्य समाचार
इरानले शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण
इरानले शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउ फर्किएको दुई साताभित्रै इरानले शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आइतबार आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको हो ।

फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

सन् १९७९ फेब्रुअरी १० मा भएको इस्लामी गणतन्त्र स्थापनाको ४६औं वर्षगाँठको केही दिनअघि इरानको राष्ट्रिय अन्तरिक्ष दिवसको अवसरमा आयोजित समारोहमा यो नयाँ क्षेप्यास्त्रको प्रदर्शन गरिएको हो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानमाथि अत्यधिक दबाबको नीति अंगिकार गरेका थिए । उनी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुअघिबाटै इरान इजरायलसँगको नयाँ द्वन्द्वमा होमिएको थियो ।

७ अक्टोबर २०२३ मा इजरायलको दक्षिण क्षेत्रमा प्रवेश गरेर हमासले गरेको आक्रमणपछि इरान र इजरायललाई आक्रमणकै स्तरमा आमनेसामने उभ्याएको थियो ।

यस्तो बेला गरिएको परीक्षणले पुनः एकपटक अमेरिका–इरान तथा इजरायल–इरान तनावलाई अझ चर्काउने विश्लेषण गर्न थालिएको छ । इरानको कदमले यस क्षेत्रमै थप तनाव उत्पन्न गर्ने विश्लेषणकहरूले बताएका छन् ।

तेहरानले भने यो परीक्षण इरानका नागरिकको सम्प्रभूता र इरानी भूमिको रक्षाको लागि भएको दावी गरेको छ । ‘रक्षा क्षमता र अन्तरिक्ष प्रविधिको विकास कुनै पनि देशले इरानी भूमिमा आक्रमण गर्ने दुस्साहस नगरून् भन्ने उद्देश्य हो,’ पेजेस्कियानले टेलिभिजनमार्फत् गरेको एक सम्बोधनमा भने ।


विश्लेषकहरूका अनुसार इरानले परीक्षण गरेको नयाँ स्वरूपको क्षेप्यास्त्र कट्टर शत्रु मानिने इजरायलसम्म पुग्न सक्षम रहेको बताएका छन् ।

यस्तै, पर्शियन खाडी र ओमानको समुद्रमा तैनाथ अमेरिकी नौसेनाका जहाजहरूसम्म सहजै निशाना बनाउन सक्ने बताइएको छ । यो परीक्षणसँगै पश्चिमा देशहरूले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमले मध्यपूर्वलाई अस्थिर बनाएको आरोप लगाउँदै चिन्ता व्यक्त गरेका छन् ।

इरानले भने आफ्नो पछिल्लो कदमले इरानलाई विश्वबाट एक्ल्याएरभन्दा वार्ता र संवादबाट अघि बढ्न पश्चिमाहरूलाई दबाब पुग्ने पुग्ने प्रतिक्रिया दिएको छ ।

कुनै समय संयुक्त राज्य अमेरिकाबाट सैन्य उपकरण सहायता प्राप्त गर्दै आएको इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि सम्पूर्ण सम्बन्ध तोडेको थियो । त्यही समयदेखि नै इरानले आफ्नै हातहतियारको विकास गर्न थालेको थियो ।

सन् १९८० देखि १९८८ को बीचमा इराकसँगको विनाशकारी युद्धका बेला हातहतियार प्रतिबन्धको सामना गरेको इरानले अहिले क्षेप्यास्त्र, हवाई प्रतिरक्षा प्रणाली र ड्रोनलगायत स्वदेशमा विकसित हतियारको पर्याप्त भण्डार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...