मुख्य समाचार
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो

। मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । तृशा गोंगदीले अविजित ४४ तथा सनिका चल्केले २६ रन बनाइन् । दक्षिण अफ्रिकाकी केला रेनेकेले १ विकेट लिइन् ।




त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमा अलआउट भएको थियो । मिकी भान वूर्स्टले सर्वाधिक २३ रन बनाइन् । भारतकी तृशा गोंगदीले ३ विकेट लिइन् । त्यस्तै वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले २-२ विकेट तथा शबनमले १ विकेट लिइन् ।

यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इंग्ल्याण्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो । यसपटक भारतले इंग्ल्याण्डलाई सेमिफाइनलमै हराउँदै लगातार फाइनलमा पुगेर उपाधि जितेको हो ।




नेपाल पनि पहिलोपटक यस विश्‍वकपमा सहभागी भएको थियो । नेपाल समूह चरणका सबै खेलहरूमा पराजित हुँदै अगाडि बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...