मुख्य समाचार
इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यान्चेस्टर सिटीलाई ५-१ गोलले हराए
इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यान्चेस्टर सिटीलाई ५-१ गोलले हराए

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले म्यान्चेस्टर सिटीलाई ५-१ गोलअन्तरले हराएको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, थोमस पार्टे, काइ हाभेर्ट्ज, माइल्स लेविस स्केली र इथान न्वानेरीले १-१ गोल गरे । सिटीका लागि एर्लिङ हालान्डले गरेको गोल सान्त्वना बन्यो ।




खेलको दोस्रो मिनेटमा नै ओडेगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडि रहेको आर्सनलले दोस्रो हाफमा बराबरी गोल व्यहोरेपछि थप चार गोल गर्‍यो ।

५५औं मिनेटमा हालान्डले गोल गरेपछि सिटीले खेलमा फर्कने संकेत गरेको थियो । तर त्यसको अर्को मिनेटमा पार्टेले गोल गर्दै पुनः आर्सनललाई अग्रतामा ल्याए ।




६२औं मिनेटमा लेविस स्केली र ७६औं मिनेटमा हाभेर्ट्जले गोल गरेपछि आर्सनल एकतर्फी रूपमा ४-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा न्वानेरीले गोल गर्दै आर्सनलको ५-१ को जित पक्का गरे ।

जितसँगै आर्सनलको २४ खेलबाट ५० अंक भएको छ र दोस्रो स्थानमा यथावत् छ । पराजित सिटीको २४ खेलबाट ४१ अंक छ र चौथो स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टरको अर्को टोली युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । युनाइटेडलाई क्रिस्टल प्यालेसले २-० ले हराएको हो ।

प्यालेसको जितमा दुवै गोल जिन फिलिपे माटेटाले गरेका थिए । जितसँगै प्यालेस २४ खेलमा ३० अंकसहित १२औं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड २९ अंकसहित १३औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा टोटनहामले ब्रेन्टफोर्डलाई २-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार लेन्सलाई २–० ले पराजित गर्दै फ्रान्सेली लिग वानको उपाधि जितेको छ । पीएसजी फ्रान्सेली लिग च्याम्पियन भएको यो लगातार पाँचौं पल्ट हो । खविचा क्वारत्सखेलियाले पीएसजीका लागि गोलको खाता खोलेपछि इब्राहिम एमबापेले दोस्रो गोल थपे । यससँगै पीएसजीले लिग तालिकामा नौ अंकको निर्णायक अग्रता लिएको छ । लिगमा अब ...
— लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ र यससँगै घरेलु कप डबलको उपलब्धी हात पारेको छ । इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो । रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे । यो सिजन सबै खाले ...
— अबको महिना दिनभन्दा कम समयमा ३२ वर्षपछि अमेरिकामा फिफा विश्वकप फर्किने छ । सन् १९९४ पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरिरहेको छ । जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपको अमेरिका आयोजक, क्यानडा र मेक्सिको सहआयोजकका रूपमा छन् । अमेरिकी क्षेत्रमा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ नजिकिएसँगै आयोजक देशहरूमा फुटबलको ...
। फिफा विश्वकप २०२६ का लागि ब्राजिलले प्रारम्भिक टोली घोषणा गरेको छ । ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । चोटका कारण लामो समय बाहिर रहेका नेयमार प्रारम्भिक टोलीमा समेटिएका हुन् । गोेलरक्षकः एलिसन, बेन्टो, एडर्सन, ह्युगो सौजा, जोन र वेभर्टन । डिफेन्डरः मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस, ग्लेसन ब्रेमर, लिओ परेरा, रोजर ...
। फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् । रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (एफएफके) ले पुष्टी गरेको छ । प्रशिक्षक रुटेन र फेडेरेसनका अध्यक्षबीच भएको खुला तथा रचनात्मक छलफलपछि यो निर्णय लिइएको फेडेरेसनले जनाएको छ । कुराकाओको फुटबल, खेलाडीहरूको हित र राष्ट्रिय टोली ...