मुख्य समाचार
सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले ओपीडी सेवा बहिस्कार
सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले ओपीडी सेवा बहिस्कार

। सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।




आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए ।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।




स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले सरकारी सरह सेवासुविधा पाउनुपर्ने लगायतका चार बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । विरामीलाई धेरै मर्का नपरोस् भनेर तत्काललाई तीन घण्टामात्र ओपीडी सेवा बहिस्कार गरेको भन्दै उनले आफूहरुको मागलाई बेवास्ता गरे आकस्मिक बाहेकका सबै सेवा पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य उपकरण आएको १२ वर्षपछि प्रादेशिक अस्पताल भद्रपुरमा बल्ल (नवजात सघन हेरचाह इकाई) एनआइसीयु सेवा सञ्चालनमा आएको छ। एनआइसीयु सेवा सुरु भए लगतै प्रसूति गराउन अस्पताल आउने गरिब तथा विपन्न परिवार निजी अस्पताल धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ। चार बेडको एनआइसीयु सेवा सञ्चालन अघि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले सोमबार बिहान विशेष ...
मुटु रोगीहरूका लागि एयरलिफटको सुविधासहित क्याथ ल्याब सेवा जनकपुरधाममा सुरु
उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी
बिआरआई परियोजनामा भ्रष्टाचार, चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दायर
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने