मुख्य समाचार
नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपालले टुंग्याए
नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपालले टुंग्याए

— नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपालले टुंग्याएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ती निकाल्दै भारतीय प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने जनाएको छ ।


यसअघि क्यानडा र अफगानिस्तानको परामर्श प्रशिक्षक तथा वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक रहिसकेका मोन्टी २०१३ को फेब्रुअरीमा दुई वर्षे सम्झौतासहित नेपाल आएका थिए, जतिखेर नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाउने संघारमा रहेको थियो ।


उनै मोन्टीको प्रशिक्षणमा नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्येको ११ खेलमात्र जितेन, एकदिवसीय मान्यता बचाउदैं सोझै विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि नेपालले एसीसी प्रिमियर कप जितेर पहिलो पटक एसिया कपमा छनोट भएको थियो । नेपालले एसिया कपमा पाकिस्तान र भारतविरुद्ध खेलेको थियो ।

मोन्टीकै प्रशिक्षणमा नेपाल १० वर्षपछि पुनः ट्वान्टी–२० विश्वकपमा पुग्न सफल भएको थियो । सोक्रममा घरेलु मैदानमा भएको एसिया क्षेत्रको विश्वकपमा छनोट हुँदैं नेपाल दशकपछि पुनः विश्वकपमा पुगेको थियो । मोन्टीको कार्यकालमा नेपालले विशेष गरि घरेलु मैदानमा उच्च प्रर्दशन गरेको थियो ।

तर पछिल्लो समय नेपालको प्रदर्शन सो अनुरुप रहेको छैन । नेपालका लागि प्रमुख प्रतियोगिता मानिएको विश्वकप लिग २ मा सहभागि ८ राष्ट्रमा नेपाल १२ खेलमा ६ अंकसहित सातौं स्थानमा छ । २ खेलमात्र जित्न सकेको नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनलाई संघर्ष गरिरहेको छ । ओमानमा भएको एसिया कप छनोटमा पनि डिफेन्डिङ च्याम्पियन नेपाल चौथो भएको थियो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्समा आवद्ध रहिसकेका मोन्टीको योगदान प्रति क्यान आभारी छ । क्यानको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएका मोन्टी देशाईको योगदान प्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यबाद व्यक्त गर्न चाहान्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...