मुख्य समाचार
इंग्लिस प्रशिक्षक ग्रेसन ललितपुर सिटी एफसीको प्रशिक्षक नियुक्त
इंग्लिस प्रशिक्षक ग्रेसन ललितपुर सिटी एफसीको प्रशिक्षक नियुक्त

। नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टोली ललितपुर सिटी एफसीले इंग्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

साविक विजेता ललितपुरले इंग्लिस फुटबलमा अनुभवी यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकलाई भित्र्याएको हो । एनएसएलको तेस्रो सिजनका लागि ग्रेसनलाई प्रशिक्षकमा नियुक्त गरिएको ललितपुर सिटी एफसीले जनाएको छ ।




ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका थिए । उनले लिड्ससहित हर्डसफिल्ड र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रुपमा च्याम्पियनसिपमा उकालेका थिए ।

सन् १९९६ को इङ्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए ।




ग्रेसनले पछिल्लो पटक छिमेकी भारतमा इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।

इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले क्लबसँगै नेपाली फुटबलले धेरै सिक्न पाउने ललितपुर सिटी एफसीले जनाएको छ । साविक विजेता ललितपुरले मुख्य प्रशिक्षकको अनुबन्धनसँगै नयाँ सिजनको तयारी थालेको छ। एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि सुरु हुने तालिका छ ।

ग्रेसनको कोचिङ करियर

खेलाडी छँदा बलियो डिफेण्डरको रुपमा रहेका ग्रेसनले फुटबलरको रूपमा आफ्नो करियर सकिएपछि तत्काल व्यवस्थापनमा लागेका थिए । जहाँ उनले इंग्ल्याण्डका विभिन्न क्लबहरुको प्रशिक्षण सम्हाले ।

यी इंग्लिस प्रशिक्षकले लिड्स युनाइटेडबाट खेलाडी करियर सुरु गरेका उनले सन् २००६ मा ब्ल्याकपूलबाट खेलाडी करियर सकाएका थिए । सन् २००३-०४ मा उनले ब्ल्याकपुलला२ लिग वान बाट च्याम्पियनसिपमा पुर्‍याउन मदत गरेका थिए ।

त्यसपछि उनी लिड्स युनाइटेड गए र प्रेस्टन नर्थ एन्ड, सन्डरल्याण्ड, हडर्सफिल्ड टाउन र ब्राडफोर्ड सिटी जस्ता क्लबहरूलाई प्रशिक्षण दिए ।

आफ्नो करियरमा ग्रेसनले पाँच पटक लिग वानमा म्यानेजर अफ दि मन्थको अवार्ड जितेका थिए भने च्याम्पियनशिपमा पनि म्यानेजर अफ दि मन्थ अवार्ड जितेका थिए ।

उनले सन् २०२२ मा बेंगलुरु एफसी सम्हाल्नुअघि इंग्लिस फुटबलमा ७०० भन्दा बढी खेलहरूको प्रशिक्षण सम्हालिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...