मुख्य समाचार
अमेरिकी सरकारी निकायको डेटा सिस्टम नियन्त्रणमा लिएर कर्मचारी निष्कासन प्रयत्नमा मस्क
अमेरिकी सरकारी निकायको डेटा सिस्टम नियन्त्रणमा लिएर कर्मचारी निष्कासन प्रयत्नमा मस्क

— अमेरिकाको नवगठित ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले वरिष्ठ पदका सरकारी कर्मचारीहरूलाई कार्यालयको कम्प्युटर प्रणलीमा पहुँच रोकिदिएको पाइएको छ । रोयर्टसका अनुसार मस्कका सहयोगीहरूले अमेरिकी संघीय निजामती सेवाको व्यवस्थापन गर्ने ‘अफिस अफ पर्सनल म्यानेजमेन्ट’ लाई ‘नियन्त्रण’ मा लिएका छन् । यो नेपालको निजामति किताबखाना र लोक सेवा आयोगजस्तै निकाय हो ।


सरकारी प्रशासन सुधारका लागि भन्दै डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित हुनासाथ डज भनिने दक्षता विभाग स्थापनाको घोषणा गरेका थिए । उनले यसको जिम्मेवारी सम्हाल्न विवेक रामास्वामी र इलनलाई छानेका भए पनि ट्रम्पले जनवरी २० मा शपथग्रहण गरेको केही घण्टापछि नै रामास्वामीले यसबाट बाहिरिने घोषणा गरेका थिए ।


आफू एक्लैलाई विभाग नेतृत्वको मौका मिलेपछि मस्कले अफिस अफ पर्सनल म्यानेजमेन्टमा आफ्ना कयौँ सहयोगीहरू राखेको समाचार संस्था इन्डिपेन्डेन्टले जनाएको छ । एन्थनी आर्मस्ट्रङ, ब्रायन जेल्डी, अमाल्डा स्केल्सजस्ता उनका सहयोगीले कर्मचारीहरूलाई राजिनामा दिएर ‘सपनाको गन्तव्य’मा छुट्टी मनाउन जान भन्दै अफिस अफ पर्सनल म्यानेजमेन्ट (ओपीएम)मार्फत धमाधम इमेल पठाइरहेका छन् । रोयटर्सका अनुसार गत हप्ता २३ लाखभन्दा धेरै संघीय तहका सरकारी कर्मचारीहरूलाई स्वेच्छाले जागिर छोडेमा नगद प्रोत्साहजसहित बिदा दिने प्रस्ताव गरिएको थियो ।

सो प्रयोजनका लागि मस्कको समूहले संघीय कर्मचारीलाई इमेल पठाउने छुट्टै प्रणाली विकास गरेको बताइन्छ । ओपीएमका उच्च पदस्थ दुई कर्मचारीले कार्यालयको डेटा सिस्टमा आफूहरूलाई पहुँच प्रतिबन्ध गरिएकोबारे रोयटर्सलाई बताएका छन् । ‘उनीहरूको कार्यालयको कम्प्युटर तथा डेटा सिस्टममा के गरिरहेका छन् भन्नेबारे हामीलाई कुनै जानकारी छैन,’ एक कर्मचारीले भनेका छन्, ‘यसले साइबर सुरक्षा र ह्याकिङको जोखिम बढाएको छ ।’

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
मर्मत
इन्टरप्राइज ह्युमन रिसोर्सेज इन्टिग्रेसन भनिने कार्यालयको प्रणालीमा विशाल डाटाबेस रहेको र त्यसमा लाखौँ कर्मचारीहरूको जन्म मिति, सामाजिक सुरक्षा नम्बर, कार्य सम्पादन मूल्याङ्कन, घरको ठेगाना, तलब ग्रेड र सेवा अवधि लगायत विवरण समावेश रहेको अधिकारीहरूले बताएका छन् । यस प्रणालीमा ओपीएमका कर्मचारीले लग इन गरेर इमेल लगायत सेवा चलाउन मिले पनि डेटासेटमा पहुँच रोकिएको प्रतिकृया दिएका छन् ।

ITPF
राष्ट्रपती ट्रम्पले कार्यभार सम्हालेयता उल्लेख्य संख्यामा कर्मचारी संख्या कटौती गरेर आफ्ना समर्थकहरूलाई नियुक्त गर्ने, खर्च घटाउने, कर्मचारीतन्त्रमा सुधार ल्याउने भन्दै व्यापक फेरबदल गरिरहेका छन् । टेस्ला तथा स्पेस एक्सका प्रमुख अर्बपती मस्कले यसमा ट्रम्पलाई सघाइरहेका छन् । उनले २२ लाख कर्मचारी कटौती गर्ने गरी काम गरेको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...