मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ गरे
नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ गरे

: नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ गरेको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक देशाईको बिदाइ गरेको क्यानले जनाएको छ।


क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक देशाईको दुई वर्षे कार्यकाल समाप्त भएको र क्यानले उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको बताएका छन्। 'मोन्टी देशाईलाई २ वर्षे कार्यकाल रहनेगरी नियुक्त गरिएकोमा निजको सम्झौता समाप्त भएको व्यहोरा अवगत नै छ। नेपाल क्रिकेट संघले उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौं,' प्रवक्ता लामले विज्ञप्ति जारी गर्दै भनेका छन्।

क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले गरेको प्रदर्शनको सराहना गरेको छ। मोन्टीको 'वान बल ब्याटल' र 'ह्याप्पी ड्रेसिङ' रूमलाई पनि क्यानले तारिफ गरेको छ। मोन्टीकै प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले एक दिवसीय मान्यता बचाउनेदेखि एसिया कप र विश्वकप खेलेको भन्दै क्यानले सराहना गरेको हो।




भारत र पाकिस्तानजस्ता टिमसँग खेल्ने अवसर पनि मोन्टीकै प्रशिक्षणकालमा सफल भएको क्यानले जनाएको छ। नेपाली क्रिकेट जगतमात्र होइन, १२औं खेलाडीको रूपमा रहेको नेपाली क्रिकेट प्रेमीहरूले पनि सधैं सम्झिरहने भन्दै मोन्टीलाई क्यानले प्रशंसा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्पेनका फरवार्ड लामिन यमालले आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा भएको बताएका छन् । साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् । उनले विश्वकपमा पहिलो गोल गरेका हुन् । ‘मैले अघिल्लो विश्वकप कक्षाकोठाबाट हेरेको थिएँ । ...
। स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले एक गोल गर्दा एक गोल उपहार पायो । १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । त्यसपछि ...
। फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो । दुवै टोलीले आफुले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको ...
। न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो । यो इजिप्टको पहिलो जित हो । यसअघि पहिलो खेलमा बेल्जियमसँग बराबरीमा रोकिएको थियो । इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे ...
। फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या ...