मुख्य समाचार
भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान
भारतीय बजेट : आगामी वर्ष पनि नेपाललाई ७ अर्ब भारु अनुदान

— भारत सरकारले आर्थिक वर्ष २०२५/२६ मा पनि नेपाललाई ७ अर्ब भारु (करिब सवा ११ अर्ब रुपैयाा) अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख छ ।


आर्थिक वर्ष २०२४/२५ मा पनि भारतले नेपालका लागि ७ अर्ब भारुको अनुदान बजेटमा विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्ष भारतले नेपाललाई भारु


६ सय ५७.३८ करोड अनुदान दिएको थियो । आगामी वर्ष भारतले विदेश मन्त्रालयका लागि छुट्याइएको कुल २० हजार ५ सय १६ करोड भारु बजेटमा ५ हजार ४ सय ८३ करोड वैदेशिक सहायताका लागि छुट्याइएको छ । वैदेशिक सहायता शीर्षकमा विगत जस्तै सबैभन्दा बढी भुटानलाई २ हजार १ सय ५० करोड भारु अनुदान दिने जनाइएको छ ।

भुटानपछि दोस्रो ठूलो धनराशि नेपालका लागि बजेटमा छुट्याएको छ । अफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यान्मार, मंगोलिया, मोरिसस, सेसेल्स, अफ्रिकन देश, इयुरेसिन र ल्याटिन अमेरिकन देशका लागि भारतले वैदेशिक सहायता अनुदान रकम छुट्याउँदै आएको छ । माल्दिभ्सलाई ६ सय करोड, म्यान्मारलाई ३ सय ५०, श्रीलंकालाई ३ सय करोड, बंगलादेशलाई १ सय २० करोड र अफगानिस्तानलाई १ सय करोड रकम बजेटमा राखिएको छ ।

अर्थमन्त्री सीतारमणले आर्थिक वर्ष २०२५/२६ का लागि ५० लाख ६५ हजार करोड भारु व्यय अनुमानसहितको बजेट संसद्मा प्रस्तुत गरेकी हुन् । गतवर्षको तुलनामा ७.४ प्रतिशतले भारतको बजेट वृद्धि भएको छ । यातायात क्षेत्रको विकासमा सबैभन्दा बढी ५ लाख ४८ हजार ६ सय ४९ करोड बजेट राखिएको छ ।

रक्षामा ४ लाख ९१ हजार ७ सय ३२ करोड, ग्रामीण विकासमा २ लाख ६६ हजार ८ सय १७ करोड, शिक्षामा १ लाख २८ हजार ६ सय ५० र कृषि क्षेत्रका लागि १ लाख ७१ हजार ४ सय ३७ करोड रुपैयाँ छुट्याइएको छ । कर छुट दिइएकाले इलेक्ट्रिक र इलेक्ट्रोनिक साधन सस्तो हुने देखिन्छ । लिथियम ब्याट्रीमा दिइएको छुटले इलेक्ट्रिक सवारीसाधनहरूको मूल्य घट्ने देखिन्छ । एससीडी, एलईडी टेलिभिजन र मोबाइल फोन, क्यामरालगायतका सामग्रीको मूल्य सस्तिने देखिन्छ ।

सामाजिक सुरक्षाको क्षेत्रमा बालबालिका, गर्भवती महिला र वरिष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमको घोषणा गरिएको छ । रोजगारी सिर्जना गर्न बजेटले ध्यान पुर्‍याएको छ । स्टार्ट–अप लोनको सीमालाई बढाउनुका साथै असंगठित क्षेत्रमा काम गरिरहेकाहरूको औपचारिक तथ्यांक राखिने साथै रोजगारीका अवसरका लागि विभिन्न योजना बजेटमा घोषणा गरिएको छ । क्यान्सर जस्ता बिमारीको उपचार जिल्ला तहमा गर्न क्यान्सर केयर सेन्टरको स्थापना गरिने बजेटमा भनिएको छ । साथै क्यान्सरका र अन्य विभिन्न औषधिमा कर छुट दिएर सस्तो बनाउने प्रयास बजेटमा छ ।




वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्ने व्यक्तिलाई कर छुटको घोषणा गरिएको छ । नोकरीमा रहेकाहरूका लागि कर छुटको सीमा वार्षिक १२ लाख ७५ हजार आम्दानी हुनेसम्मका लागि तोकिएको छ । उनीहरूले आयकर तिर्नुपर्ने छैन । कर छुटका लागि आम्दानी रकमको सीमा बढाइएपछि मध्यम वर्गीय भारतीय नागरिक लाभान्वित हुनेछन् ।

१० वर्षअगाडि २०१४ मा वार्षिक २ लाख ५० हजार आम्दानी गर्नेलाई कर छुटको दायरामा राखिएको थियो । क्रमशः त्यसको दायरा बढाउँदै लगेर १२ लाखको सीमासम्म पुर्‍याइएको छ । वरिष्ठ नागरिकले पनि विशेष कर छुट पाउने भएका छन् । मुद्दती खाताबाट प्राप्त हुने १ लाखसम्मको ब्याजमा वरिष्ठ नागरिकलाई कर लाग्ने छैन ।

कृषकलाई ५ लाखसम्मको क्रेडिट कार्ड घोषणा गरिएको छ । सबै माध्यमिक विद्यालयमा इन्टरनेट सेवा र प्राथमिक स्वास्थ्य केन्द्र राखिने भनिएको छ । चिनियाँ खेलौनाको आयात रोक्न देशभित्रै खेलौना केन्द्र स्थापना गर्न नेसनल एक्सन प्लान बनाइने घोषणा गरिएको छ । भारतले ७६ प्रतिशत खेलौना आयात गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...