मुख्य समाचार
भारतीय बजेट : ऊर्जा क्षेत्रका सरकारी संस्थाको बजेटमा उल्लेख्य वृद्धि
भारतीय बजेट : ऊर्जा क्षेत्रका सरकारी संस्थाको बजेटमा उल्लेख्य वृद्धि

— भारतले सरकारी स्वामित्वका ऊर्जासम्बन्धी ९ संस्थाको बजेट करिब २१ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा आर्थिक वर्ष २०२५/२६ का लागि भारु ८६१ अर्ब ३८ करोड विनियोजन गरिएको छ ।


आर्थिक वर्ष २०२४/२५ को तुलनामा यो २१ प्रतिशत बढी रहेको भारतीय सञ्चारमाध्यम इकोनमिक्स टाइम्समा उल्लेख छ । आर्थिक वर्ष २०२४/२५ का लागि भारु ६७२ अर्ब ८६ करोड बजेट अनुमान गरिएको थियो ।


एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी), सतलज जलविद्युत् निगम लिमिटेड (एसजेभीएन) र पावर ग्रिड कर्पोरेसन अफ इन्डियासहित ९ वटा सरकारी स्वामित्वका कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा भारु ७१२ अर्ब ७८ करोड खर्च गरेका थिए ।

केन्द्र सरकारको स्वामित्वमा रहेका एनटीपीसीमा सबैभन्दा बढी बजेट छुट्याइएको भारतीय सञ्चार संस्थाहरूले जनाएका छन् । आर्थिक वर्ष २०२५/२६ का लागि भारत सरकारले भारु २६० अर्ब बजेट छुट्याएको छ । जब कि गत वर्ष २२७ अर्ब बजेट विनियोजन गरिएको थियो ।

नेपालले भारत र बंगलादेशलाई बिजुली बेच्नेदेखि हिउँदमा बिजुली खरिद गर्नेसम्मको काम एनभीभीएनमार्फत हुने गरेको छ । हिउँदमा बिजुली आयात गर्न सहमति र वर्षायाममा बिजुली बिक्री गर्न नेपाली जलविद्युत् आयोजनाहरूको नाम स्वीकृत पनि एनभीभीएनले नै गर्दै आएको छ ।

भारतले पावर ग्रिड कर्पोरेसन अफ इन्डियाको पनि बजेट बढाएको छ । बजेटमा आर्थिक वर्ष २०२५/२६ का लागि भारु २५० अर्ब विनियोजन गरिएको छ । आर्थिक वर्ष २०२४/२५ मा १२२ अर्ब ५० करोड मात्र थियो । त्यसवर्ष संशोधित अनुमान भारु २०० अर्ब रहेको मन्त्री सीतारमणले उल्लेख गरेकी छन् । नेपाल र भारतबीच अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न नेपालको नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाले संयुक्त कम्पनी नै खोलेर निर्माण गर्दै आएको छ ।

तल्लो अरुण र ९ सय मेगावाटको अरुण–३ पाएको भारतीय कम्पनी एसजेभीएनका लागि भने गत वर्ष संशोधित बजेटको तुलनामा उल्लेख्य वृद्धि गरिएको छ । भारतले आर्थिक वर्ष २०२५/२६ का एसजेभीएनको बजेट भारु १२० अर्ब छुट्याएको छ । आर्थिक वर्ष २०२४/२५ मा १२० अर्ब विनियोजन गरिए पनि पछि संशोधन गरेर भारु ७० अर्बमा घटाइएको थियो । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ पाएको भारतीय सरकारी कम्पनी एनएचपीसीका लागि भने आर्थिक वर्ष २०२५/२६ मा भारु १३० अर्ब छुट्याइएको छ । गत वर्ष १११ अर्ब ९३ करोड बजेट अनुमान गरिएको थियो भने पछि संशोधित बजेट १०३ अर्ब ९४ करोड थियो ।




भारतीय ऊर्जा मन्त्रालयको समग्र बजेट नै बढाइएको छ । आर्थिक वर्ष २०२४/२५ मा २०५ अर्ब २ करोड विनियोजन गरिएकामा आर्थिक वर्ष २०२५/२६ का लागि २१८ अर्ब ४७ करोड विनियोजन गरिएको छ ।

भारत सरकारले आणविक ऊर्जा मिसनका लागि ‘विकसित भारत’ कार्यक्रमसमेत घोषणा गरेको छ । आणविक ऊर्जा क्षमतालाई बढाउन आणविक ऊर्जा ऐन र आणविक क्षतिका लागि नागरिक दायित्व ऐनलाई संशोधन गर्नेसमेत बजेटमा भनिएको छ । आणविक ऊर्जा क्षमतालाई सन् २०४७ सम्म सय गिगावाट पुर्‍याउन र सरकारको दिगो ऊर्जा र जलवायु लक्ष्यसम्बन्धी प्रतिबद्धतालाई पूरा गर्नसमेत आणविक ऊर्जालगायत ऐनहरूको संशोधन गर्न लागिएको समेत अर्थमन्त्री सीतारमणले बताएकी छन् ।

‘ऊर्जा क्षेत्रका सुधारका लागि राज्यले विद्युत् वितरण प्रणालीलाई सुधार र अन्तरराज्य प्रसारण क्षमताको वृद्धिलाई प्रोत्साहन गर्छौं, यसका लागि राज्यहरूलाई शून्य दशमलव ५ प्रतिशत अतिरिक्त ऋण लिन अनुमति दिइनेछ,’ अर्थमन्त्रीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...