मुख्य समाचार
क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर
क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अर्थात् फेब्रुअरी १ ​​बाट क्यानडा, मेक्सिको र चीनमाथि कर लगाउने जनाएका छन्। शुक्रबार ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले डोनाल्ड ट्रम्पले शनिबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर लगाउने जनाएकी थिइन्।


यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाले कर बढाए आफू पनि कारवाहीमा उत्रले बताएका थिए। मिडिया रिपोर्टहरूका अनुसार क्यानडाले प्रतिशोधात्मक उपायको रूपमा ट्रम्पको गृह राज्य फ्लोरिडाबाट आउने सुन्तलाको जुसमा शुल्क लगाउन सक्छ।

त्यस्तै मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले परिस्थितिको मूल्याङ्कन गरेपछि मात्र थप निर्णय लिने बताइन्। यद्यपि उनले मेक्सिकोले पनि बदला लिन सक्ने चेतावनी दिएकी छन्। शिनबाउमले आफ्नो जनताको सम्मानको लागि कुनै पनि दबाब बिना वार्ता गर्न सधैं तयार रहने जनाएकी छन्।




बिहीबार ट्रम्पले क्यानडा र मेक्सिकोमा २५% कर लगाउने जनाएका थिए। यी देशहरूसँग अमेरिकाको आर्थिक कारोबारमा घाटा धेरै उच्च रहेको उनले उल्लेख गरेका छन्। यसअघि ट्रम्पले मेक्सिकन र क्यानेडियन तेल आयातलाई करबाट छुट दिने बारेमा सोचिरहेको बताएका थिए।

ऊर्जा सूचना प्रशासनका अनुसार गत वर्ष अक्टोबरमा अमेरिकाले क्यानडाबाट प्रतिदिन लगभग ४६ लाख ब्यारेल र मेक्सिकोबाट ५६ लाख ३० हजार ब्यारेल तेल आयात गरेको थियो। त्यस महिना अमेरिकाको औसत दैनिक उत्पादन प्रति दिन लगभग १ करोड ३५ लाख ब्यारेल थियो।

अमेरिकाको क्यानडा र मेक्सिकोसँग स्वतन्त्र व्यापार सम्झौता छ। यस अन्तर्गत यी देशहरू बीच कुनै पनि प्रकारको आयात-निर्यातमा कुनै शुल्क लाग्दैन। ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा मेक्सिको र क्यानडासँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा हस्ताक्षर गरेका थिए।


राष्ट्रपति ट्रम्पले युरोपेली संघले अमेरिकालाई राम्रो व्यवहार नगरेको भन्दै भविष्यमा कर लगाउने योजना बनाएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...