मुख्य समाचार
क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर
क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अर्थात् फेब्रुअरी १ ​​बाट क्यानडा, मेक्सिको र चीनमाथि कर लगाउने जनाएका छन्। शुक्रबार ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले डोनाल्ड ट्रम्पले शनिबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर लगाउने जनाएकी थिइन्।


यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाले कर बढाए आफू पनि कारवाहीमा उत्रले बताएका थिए। मिडिया रिपोर्टहरूका अनुसार क्यानडाले प्रतिशोधात्मक उपायको रूपमा ट्रम्पको गृह राज्य फ्लोरिडाबाट आउने सुन्तलाको जुसमा शुल्क लगाउन सक्छ।

त्यस्तै मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले परिस्थितिको मूल्याङ्कन गरेपछि मात्र थप निर्णय लिने बताइन्। यद्यपि उनले मेक्सिकोले पनि बदला लिन सक्ने चेतावनी दिएकी छन्। शिनबाउमले आफ्नो जनताको सम्मानको लागि कुनै पनि दबाब बिना वार्ता गर्न सधैं तयार रहने जनाएकी छन्।




बिहीबार ट्रम्पले क्यानडा र मेक्सिकोमा २५% कर लगाउने जनाएका थिए। यी देशहरूसँग अमेरिकाको आर्थिक कारोबारमा घाटा धेरै उच्च रहेको उनले उल्लेख गरेका छन्। यसअघि ट्रम्पले मेक्सिकन र क्यानेडियन तेल आयातलाई करबाट छुट दिने बारेमा सोचिरहेको बताएका थिए।

ऊर्जा सूचना प्रशासनका अनुसार गत वर्ष अक्टोबरमा अमेरिकाले क्यानडाबाट प्रतिदिन लगभग ४६ लाख ब्यारेल र मेक्सिकोबाट ५६ लाख ३० हजार ब्यारेल तेल आयात गरेको थियो। त्यस महिना अमेरिकाको औसत दैनिक उत्पादन प्रति दिन लगभग १ करोड ३५ लाख ब्यारेल थियो।

अमेरिकाको क्यानडा र मेक्सिकोसँग स्वतन्त्र व्यापार सम्झौता छ। यस अन्तर्गत यी देशहरू बीच कुनै पनि प्रकारको आयात-निर्यातमा कुनै शुल्क लाग्दैन। ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा मेक्सिको र क्यानडासँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा हस्ताक्षर गरेका थिए।


राष्ट्रपति ट्रम्पले युरोपेली संघले अमेरिकालाई राम्रो व्यवहार नगरेको भन्दै भविष्यमा कर लगाउने योजना बनाएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...