मुख्य समाचार
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित

। उसमान डेम्बेलेको ह्याट्रिकमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित गरेको छ । यो जितपछि पेएसजीले दोस्रो स्थानको मोनाको माथि १३ अंकको अग्रता समेत बनाएको छ ।

ब्रेस्टको मैदानमा भएको खेलमा डेम्बेलेले २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ५७औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पछिल्लो एक सातामा डेम्बेलेको यो दोस्रो ह्याट्रिक हो । च्याम्पियन्स लिगमा बुधबार उनले स्टुटगार्ड विरुद्ध जितमा पनि ह्याट्रिक गरेका थिए ।




२७ वर्षीय डेम्बेलेले पीएसजीका लागि पछिल्लो ८ खेलमा १४ गोल गरेका छन् । उनी फ्रेन्च लिगमा सर्वाधिक गोल गर्ने सूचीमा अगाडि छन् ।

पिएसजीका लागि बाँकी दुईगोल गोन्साकलो रामोसले गरे । रामोसले ८९औं र इन्जुरी टाइमको सातौँ मिनेटमा गोल गरे । ब्रेस्टका लागि रोमाइल डेल कास्टिलोले सान्त्वना गोल गरे ।




जितपछि पीएसजीले २० खेलबाट ५० अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मोनाकोको ३७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित भएपछि शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना निकै कठिन बनेको छ । शीर्ष चारको लागि एकदमै झिनो सम्भावना बाँकी रहेपनि एक खेलको नतिजाले नै नेपालको त्यो सम्भावना सकिन सक्नेछ । अब नेपालको लक्ष्य शीर्ष चार भन्दा पनि शीर्ष ६ मा रहँदै ओडिआई मान्यता ...
: आइसिसी विश्वकप लिग - २ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ। नेदरल्यान्ड्समा भइरहेको यस श्रृङ्खलामा नेपालले सुखद नतिजा निकाल्न सकेको छैन। पहिलो खेलदेखि नै लगातार ३ हार बेहोरेको नेपाल अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छ। नेपालले पहिलो खेलमा नामिबीयासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल ...
। रोबर्टो मान्सिनीलाई दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल महासंघ (एफआईजीसी) ले मंगलबार मान्सिनीलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि यसअघिका प्रशिक्षक गेनारो गट्टुसोले अप्रिलमा इटालीको मुख्य प्रशिक्षकको पद छाडेका थिए । अब मान्सिनीले उनको स्थान लिनेछन् । आन्द्रे पिर्लो प्रशिक्षक पदको ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपलाई थप विस्तार गर्ने तयारी थालेको छ । फुटबलको विश्वकपलाई ४८ टोलीसम्म विस्तार गरेको फिफाको बाटो पछ्याउँदै आईसीसीले पनि टी–२० विश्वकपमा सहभागी टोलीको संख्या चरणबद्ध रूपमा बढाउने योजना अघि सारेको हो । बेलायती सञ्चारमाध्यम द टेलिग्राफ मा प्रकाशित समाचार अनुसार आईसीसीले सन् २०३० मा इंग्ल्यान्ड, वेल्स र आयरल्यान्डमा ...
विश्वकपमा निराशाजनक प्रदर्शनपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी गरिरहेको बताइएको छ । द सनका अनुसार रोनाल्डोले ‘किङ्सम्यान’ निर्देशक म्याथ्यु वनसँग मिलेर बेलायतका एक फुटबल एजेन्टको कथामा आधारित शृंखला निर्माण गरिरहेका छन् । ‘डे वन्स’ नाम दिइएको शृंखलामा डेमियन लुइस मुख्य भूमिकामा देखिनेछन् भने खेल क्षेत्रका थुप्रै चर्चित अनुहार पनि सहभागी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम