मुख्य समाचार
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित

। उसमान डेम्बेलेको ह्याट्रिकमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ५-१ ले पराजित गरेको छ । यो जितपछि पेएसजीले दोस्रो स्थानको मोनाको माथि १३ अंकको अग्रता समेत बनाएको छ ।

ब्रेस्टको मैदानमा भएको खेलमा डेम्बेलेले २९औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले ५७औं र ६२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । पछिल्लो एक सातामा डेम्बेलेको यो दोस्रो ह्याट्रिक हो । च्याम्पियन्स लिगमा बुधबार उनले स्टुटगार्ड विरुद्ध जितमा पनि ह्याट्रिक गरेका थिए ।




२७ वर्षीय डेम्बेलेले पीएसजीका लागि पछिल्लो ८ खेलमा १४ गोल गरेका छन् । उनी फ्रेन्च लिगमा सर्वाधिक गोल गर्ने सूचीमा अगाडि छन् ।

पिएसजीका लागि बाँकी दुईगोल गोन्साकलो रामोसले गरे । रामोसले ८९औं र इन्जुरी टाइमको सातौँ मिनेटमा गोल गरे । ब्रेस्टका लागि रोमाइल डेल कास्टिलोले सान्त्वना गोल गरे ।




जितपछि पीएसजीले २० खेलबाट ५० अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मोनाकोको ३७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युरोपा लिगका लिग चरणका खेल बिहीबार सकिएका छन् । लियोन तथा एस्टन भिल्ला शीर्ष दुईमा रहे । यस्तै मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् । यस्तै नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले अब अन्तिम १६ मा प्रवेशका लागि प्ले अफ खेल्नेछन् । अन्तिम दिनका प्रमुख ...
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम