मुख्य समाचार
मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिए
मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिए

। नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरे ।




मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको थियो ।

उनले त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप फाइनलमा दर्शकहरू छाता ओढेर खेल हेर्न बसेको क्षणदेखि मुलपानीमा टी-२० विश्‍वकप छनोटको निर्णायक खेल हुँदाको क्षण सम्झिए ।




आफ्नो प्रशिक्षणमा विभिन्न उत्तारचढावहरू रहेपनि आफूलाई दिइएको भूमिका निर्वाह गर्न पाउँदा उनले क्यान व्यवस्थापन, खेलाडीहरू, समर्थकहरू, ग्राउन्ड्सम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेलप्रति कृतज्ञता व्यक्त गरे ।

खेलाडीहरूले लाखौंको सपना बोकेको भन्दै उनले सम्बन्ध, खुलापन, एकता र जवाफदेहितामा निर्मित ‘ह्‍याप्पी ड्रेसिङ रूम’ सधैं खेलाडीहरूको शक्तिको रूपमा रहने बताउँदै खेलको अन्तिम क्षणसम्म आफ्नो उत्कृष्ट खेल पस्कने प्रयास गर्न सल्लाह दिएका छन् ।

आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएकामा क्यानलाई पनि उनले धन्यवाद दिएका छन् भने जुनसुकै अवस्थामा पनि नेपालको समर्थन गर्न नछाड्ने समर्थकहरूलाई यो विश्‍वास कायमै राख्‍न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट २५६ पुगेको छ । नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहेर च्याम्पियन बनेको ...
। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान खस्किएको छ । नेपाली महिला टोली एक स्थान तल झरेर २३औं स्थानमा पुगेको हो । नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन । गत साता एसियन गेम्समा छनोट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन । एसियन गेम्स छनोटमा ...
। फिफा विश्वकप फुटबलको २३औं संस्करण भोलिदेखि सुरु हुँदैछ । सन् १९३० देखि सुरु भएको विश्वकपको १५औं संस्करण आयोजना गरेको अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्दैछ । सन् १९९४ मा अमेरिकाले पहिलोपटक फिफा विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली थिए, ५२ खेल हुन्थे र फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलरमा पाइन्थ्यो । उक्त संस्करणको उपाधि ब्राजिलले जितेको ...
। विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्णरूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद ...
। फिफा विश्वकप २०२६ अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइल्यान्डलाई ३-० ले पराजित गरेको छ । अमेरिकाको अलाबामास्थित जोर्डन हारे स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पनि गोल गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । तयसअघि भ्यालेन्टिन बार्कोले आठौं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा अर्जेन्टिनाले ...