मुख्य समाचार
मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिए
मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिए

। नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सम्झौता सकिएर बिदा हुन लागेसँगै नेपाली क्रिकेटसँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यो गुडबाई नभएर धन्यवाद भएको बताए । उनले आफ्ना लागि यी दुई वर्ष निकै अविस्मरणीय भएको बताउँदै यो समय विभिन्न मनमोहक क्षणहरू र कोसेढुङ्गाहरूले भरिएको उल्लेख गरे ।




मोन्टीसँगको दुई वर्षको सम्झौता सकिएसँगै उनीसँगको सम्झौता नवीकरण नगर्ने क्यानले निर्णय गरेको थियो ।

उनले त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कप फाइनलमा दर्शकहरू छाता ओढेर खेल हेर्न बसेको क्षणदेखि मुलपानीमा टी-२० विश्‍वकप छनोटको निर्णायक खेल हुँदाको क्षण सम्झिए ।




आफ्नो प्रशिक्षणमा विभिन्न उत्तारचढावहरू रहेपनि आफूलाई दिइएको भूमिका निर्वाह गर्न पाउँदा उनले क्यान व्यवस्थापन, खेलाडीहरू, समर्थकहरू, ग्राउन्ड्सम्यान, कमेन्टेटर र कप्तान रोहित पौडेलप्रति कृतज्ञता व्यक्त गरे ।

खेलाडीहरूले लाखौंको सपना बोकेको भन्दै उनले सम्बन्ध, खुलापन, एकता र जवाफदेहितामा निर्मित ‘ह्‍याप्पी ड्रेसिङ रूम’ सधैं खेलाडीहरूको शक्तिको रूपमा रहने बताउँदै खेलको अन्तिम क्षणसम्म आफ्नो उत्कृष्ट खेल पस्कने प्रयास गर्न सल्लाह दिएका छन् ।

आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएकामा क्यानलाई पनि उनले धन्यवाद दिएका छन् भने जुनसुकै अवस्थामा पनि नेपालको समर्थन गर्न नछाड्ने समर्थकहरूलाई यो विश्‍वास कायमै राख्‍न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...