मुख्य समाचार
अल्ट्रा र्‍याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश पहिलो
अल्ट्रा र्‍याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश पहिलो

— प्रसिद्ध धार्मिकस्थल मनकामना र देवघाटलाई जोड्ने उद्देश्यका साथ फिस्लिङदेखि देवघाटसम्म भएको अल्ट्रा र्‍याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश पहिलो भएको छ । विजेता बागमतीले ६० हजार नगद पुरस्कार पाएको छ । गण्डकी प्रदेश दोस्रो र कोशी प्रदेश तेस्रो बन्दै क्रमशः ४० र २० हजार नगद पाएका छन् ।


नेपाली सेनाको ‘बी’ टिम चौथो र सेनाकै ‘ए’ टिम पाँचौं बनेको छ । चौथो र पाँचौं टिमले क्रमशः १० हजार र ७ हजार नगद पाएका छन् । मनकामना र देवघाटलाई जोड्ने गरी प्रतियोगिता आयोजना गरिएको आयोजक प्रदेश खेलकुद परिषद् गण्डकीका साहसिक खेलकुद संयोजक वसन्तराज दवाडीले बताए । बुधबार गण्डकी गाउँपालिका–६ भुम्लीचोकबाट प्रतियोगिताको आरम्भ गरिएको थियो । पहिलो दिन फिस्लिङदेखि सिमलताल र दोस्रो दिन सिमलतालदेखि देवघाटसम्म प्रतिस्पर्धा भएको दवाडीले बताए । फिस्लिङदेखि देवघाटसम्म ५० किलोमिटर दूरीमा र्‍याफ्टिङ प्रतियोगिता भएको थियो ।


प्रतियोगितामा ६ टोलीका ४६ जनाले सहभागिता जनाएका थिए । ‘दुई धार्मिकस्थललाई साहसिक खेलकुदको माध्यमबाट जोड्न प्रतियोगिता गरेका हौं, अल्ट्रा र्‍याफ्टिङ म्याराथन पहिलो पटक आयोजना गरिएको हो,’ उनले भने, ‘जल विपद्मा पनि सारथि बन्न सकियोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता सफल बन्यो, खेलप्रेमी पनि यसबाट उत्साहित हुनुहुन्छ ।’

शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–५ सिमलतालबाट नवलपुरको गैंडाकोट नगरपालिकास्थित नारायणी बिच रिसोर्टसम्म भएको कायक प्रतियोगितामा तनहुँका रवीन गुरुङ पहिलो बनेका छन् । नारायणी नदीमा भएको निर्धारित ३३ किलोमिटर दूरी उनले दुई घण्टा २८ मिनेट २६ सेकेन्डमा पार गरे । तनहुँकै प्रमोद गुरुङ दोस्रो, उदयपुरका कृष्ण खड्का तेस्रो, धनकुटाका विजम माझी चौथो र गोरखाका सुरेन्द्र चेपाङ पाँचौं बनेको प्रदेश खेलकुद परिषद् प्रशासन शाखाका तोपलाल भुसालले बताए । उनीहरूले क्रमशः २०, १५, १०, ५ र ३ हजार नगद पुरस्कार पाएका छन् । तनहुँ घर भएका १६ वर्षीय अम्मर गुरुङले पनि निर्धारित दूरी सफल रूपमा पार गरेको उनले बताए । कायक प्रतियोगितामा २५ जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...