मुख्य समाचार
म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको प्ले अफमा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने
म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको प्ले अफमा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने

— म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको प्ले अफमा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने भएको छ । प्रतियोगिताको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार सेल्टिकले बायर्न म्युनिकसँग भिड्नेछ । सन् २०२३ को च्याम्पियन सिटीले सुरुमा इतिहादमा रियलको आतिथ्य गर्नेछ ।


दोस्रो लेगका लागि त्यसको अर्को साता सिटी स्पेन भ्रमणमा निस्कनेछ । अन्य प्ले अफमा ब्रेस्टले पेरिस सेन्ट जर्मेन (पीएसजी), क्लब ब्रुगले एटलान्टना, युभेन्ट्सले पीएसजी आयनहोभन, मोनाकोले बेनफिका, स्पोर्टिङ लिस्वनले बोरुसिया डर्टमुन्ड र फायनउडले एसी मिलानको सामना गर्नेछ ।


नयाँ ढाँचाको प्रतियोगिताअनुसार सहभागी कुल ३६ टिममध्ये शीर्ष आठमा रहेका टिमले स्वतः अन्तिम १६ मा प्रवेश गर्नेछ । यी आठ टिममा लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एटलेटिको म्याड्रिड, लेभरकुजन, लिल र एस्टन भिल्ला रहेका छन् । अंक तालिकाको अन्तिम आठ स्थानमा रहेका टिम भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अंक तालिकाको नवौंदेखि २४ औं स्थानमा रहेका २४ क्लबबीच हुने प्ले अफका लागि अहिलेको ड्र निकालिएको हो । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा भने लाजियो, एथलेटिको बिलबाओ, म्यानचेस्टर युनाइटेड, टोटनहम, इन्ट्राख्ट फ्रायन्कफर्ट, लियोन, ओम्पियाकोज र रेन्जर्स शीर्ष आठ स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...