मुख्य समाचार
साउदीको जिजान दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि
साउदीको जिजान दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि

— साउदी अरवको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ । माघ १४ मा सडक दुर्घटनामा परी १५ जनाको ज्यान गएको हो ।


जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार मृत्यु हुने नेपाली श्रमिकमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना रहेका छन् । दुर्घटनामा मृत्यु हुनेमा तीन नेपालीका अतिरिक्त ९ जना भारतीय र तीन जना घानाका नागरिक रहेका थिए ।


२६ जना श्रमिक सवार भ्यान र ट्रेलर एकापसमा ठोक्किंदा दुर्घटना भएको हो । साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको र उनको जिजानको बाइस अस्पतालमा उपचार भइरहेकाे छ । ती श्रमिक अरबियन कन्साेलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पाेरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा काम गर्थे ।

साउदी अधिकारीहरूले ड्राइभरको लापरबाही, सवारी साधानको सुरक्षासम्बन्धी मापदण्ड र सडकको अवस्थामा अनुसन्धान सुरु गरिएको साउदीका सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार खाडी क्षेत्रमध्ये साउदीमा सबैभन्दा बढी सडक दुर्घटनामा ज्यान जाने गरेको छ । साउदीले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षाको मापदण्डलाई सुधार गरी कार्यान्वयनमा ल्याएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...
। चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए । उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो ...
। बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी ...