मुख्य समाचार
साउदीको जिजान दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि
साउदीको जिजान दुर्घटनामा तीन नेपालीको मृत्यु भएको पुष्टि

— साउदी अरवको पश्चिम क्षेत्र जिजान आराम्को रिफाइनरी रोड नजिकै रहेको सडक दुर्घटनामा तीन नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ । माघ १४ मा सडक दुर्घटनामा परी १५ जनाको ज्यान गएको हो ।


जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार मृत्यु हुने नेपाली श्रमिकमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना रहेका छन् । दुर्घटनामा मृत्यु हुनेमा तीन नेपालीका अतिरिक्त ९ जना भारतीय र तीन जना घानाका नागरिक रहेका थिए ।


२६ जना श्रमिक सवार भ्यान र ट्रेलर एकापसमा ठोक्किंदा दुर्घटना भएको हो । साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको र उनको जिजानको बाइस अस्पतालमा उपचार भइरहेकाे छ । ती श्रमिक अरबियन कन्साेलिडेटेड इन्ड्रस्टियल क्लिनिङ सर्भिसेज कर्पाेरेसन (एसीआईसी) कम्पनीमार्फत जिजानको आरम्को प्रोजेक्टमा काम गर्थे ।

साउदी अधिकारीहरूले ड्राइभरको लापरबाही, सवारी साधानको सुरक्षासम्बन्धी मापदण्ड र सडकको अवस्थामा अनुसन्धान सुरु गरिएको साउदीका सञ्चारमाध्यमहरूले जनाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार खाडी क्षेत्रमध्ये साउदीमा सबैभन्दा बढी सडक दुर्घटनामा ज्यान जाने गरेको छ । साउदीले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षाको मापदण्डलाई सुधार गरी कार्यान्वयनमा ल्याएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ। आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए ...
। हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव ...
। नेपालका लागि इजरायली पूर्वराजदूत हानान गोदारले विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भनेर स्मरण गरेका छन् । हमास विद्रोहीबाट मारिएका जोशीसँगको भेटको तस्वीर सार्वजनिक गर्दै गोदारले विपिनलाई सधैं सम्झिरहने पनि बताएका छन् । लर्न एण्ड अर्न कार्यक्रमका लागि विपिन इजरायल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गर्दाको तस्वीर फेसबुकमा पोष्ट गर्दै पूर्वराजदूत गोदारले सामाजिक सन्जालमा लेखेका ...
। छोरीहरूको उज्ज्वल भविष्य बनाउन रौतहट देवाही गोनाही नगरपालिका–८ का ३५ वर्षीय उत्तिम महतो वैदेशिक रोजगारीका लागि मलेसिया गएको एक दशक भएको थियो । दशक लामो अवधि मलेसिया बसेर सन् २०१९ मा नेपाल फर्किएका थिए । परिवारको आर्थिक जिम्मेवारी बोकेका उनी ५ छोरीहरूको भविष्य बनाउने सपना लिएर मलेसिया गएका उनको त्यो सपना अधुरै रह्यो । १ ...
। इराकका लागि नेपालका गैरआवासीय राजदूत घनश्याम लम्सालले त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेका हसन् । त्यसअवसरमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेको कुवेतस्थित नेपाली ...