मुख्य समाचार
महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा थाइल्यान्डसँग नेपालको हार
महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा थाइल्यान्डसँग नेपालको हार

— नानापात कोन्चारोनेकाईले लगातार दोस्रो अर्धशतक बनाएपछि थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा शनिबार नेपाललाई ४ विकेटले पराजित गरेको छ ।


कोन्चारोनेकाईले अविजित ६० रन बनाएपछि थाइल्यान्डले १ सय २ रनको लक्ष्य ६ बल अगाडि पूरा गरेको हो । नेदरल्यान्ड्सविरुद्ध अघिल्लो दिनको खेलमा अविजित ५६ रन बनाएकी उनले ५८ बल खेल्दै ५ चौका प्रहार गरिन् ।


सुवानान खिएटोले १४ र कप्तान नारुइमोल चाइवाइले १३ रन बनाइन् । नेपालबाट मनीषा उपाध्यायले २ विकेट लिइन् । अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक बलिङ गरेकी उनले ४ ओभरमा १३ रन खर्चेकी थिइन् । कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले १–१ विकेट लिइन् ।

थाइल्यान्डको यो लगातार दोस्रो विजय हो । नेदरल्यान्ड्सलाई शुक्रबार थाइल्यान्डले ८ विकेटले पराजित गरेको थियो । नेपालको हकमा यो लगातार दोस्रो पराजय हो । नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २० रनले पराजित गरेको थियो । नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो ।

ओपनर सम्झना खड्का दोस्रो बलमै एलबीडब्लु आउट भइन् । शृंखलामा पहिलो खेल खेल्ने मौका पाएकी अर्की ओपनर ममता चौधरी पनि २ रनमै आउट भएपछि नेपाल सुरुआत देखि नै दबाबमा थियो । आक्रामक खेलेकी इन्दु बर्मा १७ बल खेलि २ चौका प्रहार गर्दै १५ रनमा बोल्ड भइन् ।

पुजा महतो ८ बलमा ६ रन बनाइ आउट भइन् । पूर्वकप्तान रुविना ४ रनमा रनआउट भइन् । कविता कुँवर र विन्दु रावलले समान २५ रन बनाइन् । कविताले ३२ बल खेलि २ चौका र विन्दुले २५ बल खेलि ३ चौका प्रहार गरिन् ।




एक छक्का प्रहार गरेकी कविता जोशी ९ बलमा ८, सीता रानामगर २ रनमा आउट भइन् । एलिसाकुमारी यादव २ र मनीषा १ रन बनाई अविजित रहिन् । थाइल्यान्डबाट थिपात्चा पुथावोङले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३, फनिता माया र नताया बुचाथामले २–२ विकेट लिए ।

नेपालले २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । सन् २०१९ मा नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएयता थाइल्यान्डविरुद्ध खेलेका सबै तीन खेलमा पराजित हुँदै आएको छ । ट्वान्टी-२० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...