मुख्य समाचार
महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा थाइल्यान्डसँग नेपालको हार
महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा थाइल्यान्डसँग नेपालको हार

— नानापात कोन्चारोनेकाईले लगातार दोस्रो अर्धशतक बनाएपछि थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा शनिबार नेपाललाई ४ विकेटले पराजित गरेको छ ।


कोन्चारोनेकाईले अविजित ६० रन बनाएपछि थाइल्यान्डले १ सय २ रनको लक्ष्य ६ बल अगाडि पूरा गरेको हो । नेदरल्यान्ड्सविरुद्ध अघिल्लो दिनको खेलमा अविजित ५६ रन बनाएकी उनले ५८ बल खेल्दै ५ चौका प्रहार गरिन् ।


सुवानान खिएटोले १४ र कप्तान नारुइमोल चाइवाइले १३ रन बनाइन् । नेपालबाट मनीषा उपाध्यायले २ विकेट लिइन् । अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक बलिङ गरेकी उनले ४ ओभरमा १३ रन खर्चेकी थिइन् । कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले १–१ विकेट लिइन् ।

थाइल्यान्डको यो लगातार दोस्रो विजय हो । नेदरल्यान्ड्सलाई शुक्रबार थाइल्यान्डले ८ विकेटले पराजित गरेको थियो । नेपालको हकमा यो लगातार दोस्रो पराजय हो । नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २० रनले पराजित गरेको थियो । नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो ।

ओपनर सम्झना खड्का दोस्रो बलमै एलबीडब्लु आउट भइन् । शृंखलामा पहिलो खेल खेल्ने मौका पाएकी अर्की ओपनर ममता चौधरी पनि २ रनमै आउट भएपछि नेपाल सुरुआत देखि नै दबाबमा थियो । आक्रामक खेलेकी इन्दु बर्मा १७ बल खेलि २ चौका प्रहार गर्दै १५ रनमा बोल्ड भइन् ।

पुजा महतो ८ बलमा ६ रन बनाइ आउट भइन् । पूर्वकप्तान रुविना ४ रनमा रनआउट भइन् । कविता कुँवर र विन्दु रावलले समान २५ रन बनाइन् । कविताले ३२ बल खेलि २ चौका र विन्दुले २५ बल खेलि ३ चौका प्रहार गरिन् ।




एक छक्का प्रहार गरेकी कविता जोशी ९ बलमा ८, सीता रानामगर २ रनमा आउट भइन् । एलिसाकुमारी यादव २ र मनीषा १ रन बनाई अविजित रहिन् । थाइल्यान्डबाट थिपात्चा पुथावोङले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३, फनिता माया र नताया बुचाथामले २–२ विकेट लिए ।

नेपालले २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । सन् २०१९ मा नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएयता थाइल्यान्डविरुद्ध खेलेका सबै तीन खेलमा पराजित हुँदै आएको छ । ट्वान्टी-२० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...