मुख्य समाचार
क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क
क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क

— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क लगाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार मेक्सिको र क्यानडाका लागि समान २५ प्रतिशत र चीनका लागि १० प्रतिशत आयात शुल्क लगाइएको हो ।


तर राष्ट्रपति ट्रम्पले क्यानडामा उत्पादन हुने तेलले कम आयात शुल्क बेहोर्ने र त्यो फेब्रुअरी १८ देखि मात्र कार्यान्वयनमा आउने बताए । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् । गत वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् ।


ट्रम्पले भविष्यमा युरोपेली संघ (ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताउँदै आएका छन् । युरोपेली देशहरूको समूहले अमेरिकाप्रति राम्रो व्यवहार नगरेकाले आयात शुल्क लगाउनु परेको बताएका बीबीसीले जनाएको छ ।

क्यानडा र मेक्सिकोले तिर्नुपर्ने त्यस्तो भन्सार शुल्क ती देशबाट गैरकानुनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको ह्वाइटहाउसकी प्रेस सचिव कारोलिना लेभिटको भनाइ छ । उक्त औषधिका कारण अमेरिकामा दशौ लाखले ज्यान गुमाएका बताइन्छ ।

चुनावी अभियानका क्रमम ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका थिए । तर आफ्नो नयाँ कार्यकालको पहिलो दिनमा भने उनले यसबारे कुनै निर्णय लिएनन् । राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै ट्रम्पले आफ्नो प्रशासनलाई यस विषयमा अध्ययन गर्न आदेश दिएका थिए ।

सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको तथ्यांकहरूले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...