मुख्य समाचार
केन्द्रले राज्यलाई दिने अनुदान रोक्ने ट्रम्पको आदेशमा अदालतको रोक
केन्द्रले राज्यलाई दिने अनुदान रोक्ने ट्रम्पको आदेशमा अदालतको रोक

— अमेरिकामा केन्द्रबाट राज्यमा जाने सयौं अर्ब बराबरको अनुदान र ऋण रोक्का गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका लागि रोकिएको छ ।


डिस्ट्रिक्ट अफ कोलम्बियाकी न्यायाधीश लोरेन एल अलिखानले राष्ट्रपति ट्रम्पको आदेश स्थानीय समयानुसार सोमबार ५ बजेसम्मका लागि रोकिदिएकी छन् । उक्त मुद्दाको सुनुवाइ सोमबार बिहान पुनः हुने जनाइएको छ ।


संघीय सरकारले दिँदै आएको अनुदानबाट लाभ लिँदै आएकाहरूको प्रतिनिधित्व गर्ने संस्थाहरूको समूहले मंगलबार दायर मुद्दाको जवाफमा न्यायाधीश अलिखानले उक्त आदेश दिएकी हुन् । पहिले नै अनुमोदित कोष रोक्ने ह्वाइटहाउसको कार्यले कानुनको उल्लंघन भएको उनको भनाइ छ । ‘यस्तो देखिन्छ कि संघीय सरकारलाई हाल रोक लगाउने प्रयास गरिएका कार्यक्रमहरूको पूर्ण सीमा थाहा छैन,’ उनले भनेकी थिइन् । उनलाई पूर्वराष्ट्रपति जो बाइडेनले न्यायाधीशमा नियुक्त गरेका हुन् ।

ट्रम्प प्रशासनका अधिकारीहरूले राष्ट्रपतिले हालै जारी गरेका कार्यकारी आदेशअनुसार ऋण र अनुदान रोक्ने निर्णय गरिएको जनाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाभित्रै जीवाष्म इन्धन उत्पादन बढाउनका लागि पारलैंगिक व्यक्तिहरूलाई गरिँदै आएको संरक्षणका साथै विविधता, समानता र समावेशीकरण (डीईआई) का प्रयासहरू अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अफिस अफ म्यानेजमेन्ट र बजेट (ओएबी) ले मातहतका निकायलाई ‘अस्थायी रूपमा सबै संघीय वित्तीय सहायताको दायित्व वा वितरणसम्बन्धी सबै गतिविधि रोक्न’ निर्देशन दिएका थिए ।

त्यसका साथै आप्रवासन, ऊर्जालगायतका विषय पनि समेटिएका सीबीएस न्युजले जनाएको छ । सन् २०२४ मा संघीय सहायता कार्यक्रमहरूमा ३० खर्ब अमेरिकी डलर खर्च भएको थियो ।

पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले ऐतिहासिक रूपमा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन डीईआईको अवधारणा अघि बढाएको थियो । तर ट्रम्पले ती कार्यक्रमलाई ‘भेदभाव’ को संज्ञा दिएका छन् । उनले जुनसुकै निकायमा कर्मचारी भर्ना योग्यतामा आधारित हुनुपर्ने बताएका छन् ।




तर ओएबीले जारी गरेको निर्देशनमा लेखिएका अस्पष्ट शब्दका कारण प्रभावित भएका कार्यक्रमबारे अन्योल सिर्जना भएको थियो । ट्रम्प प्रशासनले विषयगत अनुदान र ऋण कुन–कुन विषयमा आवश्यक छ भन्ने मूल्यांकन गर्नका लागि समय चाहिएकाले उक्त कदम चालेको दाबी गरेको थियो ।

ह्वाइटहाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा अर्बौं डलर रोक्ने ट्रम्पको योजना करदाताको पैसा जिम्मेवारीपूर्वक र बुद्धिमानी तवरले व्यवस्थापन गर्ने कदम भएको दाबी गरेकी थिइन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ निर्णयले सरकारहरूलाई लैंगिक मुद्दा र विविधता कार्यक्रममा हुँदै आएको खर्च कटौती गर्न अनुमति दिने बताएकी थिइन् । तर उक्त कदमले विपक्षीहरूका साथै नाफामुखी र अनुसन्धान संस्थाहरूलाई आक्रोशित बनायो । ह्वाइटहाउसको निर्देशनले संघीय कार्यक्रमका लागि विपद् राहतदेखि क्यान्सर अनुसन्धानसम्मका क्षेत्रमा छुट्याइएको अर्बौं डलरलाई असर गर्ने बताइएको छ ।

डेमोक्र्याटहरूले संसद्ले विनियोजन गरेको रकम रोक्ने राष्ट्रपतिलाई एकपक्षीय अधिकार नभएको बताएका थिए । आदेशविरूद्ध डेमोक्रेटिक राज्यहरूको गठबन्धनले पनि मंगलबार छुट्टै मुद्दा दायर गरेको छ । अमेरिकी सिनेटका डेमोक्रेटिकका नेता चक सुमरले राष्ट्रपतिको कदमले कर्मचारीको तलब तथा भाडाको भुक्तानीमा समस्या निम्त्याउने जनाएका छन् ।

शीर्ष डेमोक्र्याटहरूले ह्वाइट हाउसलाई पत्र लेख्दै कोष रोक्ने कदमले ‘चरम खतरा’ उत्पन्न हुने उल्लेख गरेका छन् । ‘राष्ट्रपतिको आदेश अभूतपूर्व छ । र, यसले देशभरि विनाशकारी परिणामहरू ल्याउनेछ,’ वासिङ्टन सिनेटर प्याटी मुरे र कनेक्टिकटका सांसद रोजा डेलाउरोले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...