मुख्य समाचार
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सेरेमोनियल सुरक्षा दलमा नियुक्त
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सेरेमोनियल सुरक्षा दलमा नियुक्त

: बेलायतस्थित एकजना भूतपूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सेरेमोनियल सुरक्षा दलमा नियुक्त भएका छन्। ब्रिटिस गोर्खा सेनाका अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल टोलबहादुर खाम्चा किंग्स् गार्ड नियुक्त भएका हुन्।


विभिन्न औपचारिक समारोहका क्रममा राजाको निकट रहेर सेरेमोनियल ड्युटीमा खटिने किंग्स् गार्डमा अवसर पाउने खाम्चा पहिलो नेपाली हुन्।

चार महिना लामो छनोट प्रक्रियाबाट आफूले किंग्स् गार्डमा नियुक्ति पाएको जानकारी खाम्चाले दिए। आउँदो फेब्रुअरी २० तारिखदेखि उक्त भूमिकामा सेवा सुरु गर्ने उनको तयारी छ। किंग्स् गार्डको नियुक्तिलाई आफूले व्यक्तिगतभन्दा पनि समग्र गोर्खा सैनिक र नेपालसँग जोडेर लिएको खाम्चा बताउँछन्।




नेपाल र बेलायतबीच २ सय ८ वर्षभन्दा लामो विशेष सम्बन्ध रहँदै आएको छ। ‘यसबीचमा नेपाली गोर्खा सैनिकहरू अनवरत रूपमा बेलायतको सेवामा खटिएका छन्, उनी भन्छन्, त्यही देशका राजाको लागि इनर सर्कलमा रहेर काम गर्ने अवसरलाई मैले ठूलो प्रतिष्ठाका रूपमा लिएको छु।’

यसअघि किंग्स् गार्डमा नियुक्तिका लागि बेलायती सेनाअन्तर्गत राजदरबारमा खटिने हाउसहोल्ड डिभिजनमा सेवा गरेका सैनिक अधिकृतहरूबाट मात्रै छनोट गरिन्थ्यो। तर पछिल्लो समय इक्वेलिटी एन्ड डाइभर्सिटी (समानता र विविधता) नीतिअनुसार समावेशी रूपमा अन्य रेजिमेन्टसमेतलाई अवसर दिइएपछि गोर्खा सैनिकलाई पनि नियुक्तिको बाटो खुलेको हो। किंग्स् गार्ड बेलायती राजाको सेरेमोनियल सुरक्षा दल हो। जुन राजकीय भ्रमण, सदनको सत्र उद्घाटन, गार्डेन पार्टी, राज्यारोहण, शाही वैवाहिक समारोह, राजकीय अन्त्येष्टि, कूटनीतिक रिसेप्सनजस्ता राजाका सेरेमोनियल ड्युटीहरूका क्रममा खटिने गर्छ।

किंग्स् गार्डमा नियुक्त हुने अधिकांश सेवानिवृत्त सैनिकहरू छन्। यो नियुक्तिका लागि पूरा गर्नुपर्ने कयौं मापदण्ड छन्। जसमध्ये बेलायती सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको अनुभव प्रमुख सर्त हो। त्यसबाहेक सैनिक करियरमा क्लिन रेकर्ड, उदाहरणीय सेवा, आदर्श व्यक्तित्वजस्ता गुणहरूको पनि मूल्यांकन गरिने खाम्चाले सुनाए।

५७ वर्षअघि स्याङ्जा जिल्लाको शिरकोट करादीमा जन्मिएका खाम्चाका पिता पनि ब्रिटिस लाहुरे थिए। पिताकै पदछाप पछ्याउँदै १९ वर्षको उमेरमा सिपाहीको रूपमा ब्रिटिस गोर्खामा प्रवेश गरेका थिए, खाम्चा। करिब ३६ वर्ष लामो सेवापछि खाम्चा लेफ्टिनेन्ट कर्णेलको दर्जाबाट सेवानिवृत्त भएका थिए। जुन हालसम्म कुनै पनि गोर्खा सैनिकले बेलायती सेनामा हासिल गरेको सबैभन्दा उच्च दर्जा हो।

‘म पहिलेदेखि नै केही भिन्न काम गर्न मन पराउँथें। अरूले गरेको भन्दा फरक गर्न चाहन्थें। एक्टिभ सर्भिसमा हंँुदा पनि सिनियर कमान्डरको सल्लाहबमोजिम फरक काम गरें, सैनिक करियरमा प्राप्त सफलताबारे खाम्चा भन्छन्, मेरो आमा, बुवा दुवै जना फाइटर हुनुहुन्थ्यो। उहाँहरूले जीवनमा धेरै संघर्ष गर्नुभएको मैले देखें। बुवाआमाले दिनु भएको मार्गदर्शन र कडा परिश्रम गर्नुपर्छ भन्ने संस्कार मैले आत्मसात् गरेको हुँ।’

बेलायती सेनामा रहँदा खाम्चा साउदी अरब, कोसोभो, टर्की, इराक, अफगानिस्तान, कुबेतसहितका धेरै देश पुगेर सेवा गरेका थिए। करिब डेढ वर्ष उनी बेलायती राजपरिवारभित्र पनि खटिए। दुई छोरी र एक छोराका पिता खाम्चा हाल बेलायतको रेडिङ सहरमा पत्नी लीलाकुमारीका साथ बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...
। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ ...
। एकै वर्षमा कम्बोडियाबाट चार सय नेपालीको उद्धार गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा मंगलबार भएको मानव बेचबिखनविरुद्धको एक कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी नकुल पोखरेलले एकै वर्षमा चार सय नेपालीको उद्धार गरिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३८२ पुरुष र १८ महिला गरी चार सय नेपाली नागरिकलाई कम्बोडियाबाट उद्धार गरिएको हो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम