मुख्य समाचार
पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपुरमा १७ हजार किशोरीलाई त्यस विरुद्धको खोप लगाइने
पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपुरमा १७ हजार किशोरीलाई त्यस विरुद्धको खोप लगाइने

: पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नवलपुरमा १७ हजार किशोरीलाई त्यस विरुद्धको खोप लगाइने भएको छ । विद्यालय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष भित्रका किशोरीलाई खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताए ।


कार्यालयले बिहिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘जिल्लाभर २ सय ३० विद्यालयसहित कूल ३ सय २० खोप केन्द्रमा खोप अभियान सञ्चालन गर्दैछौं । विद्यालय नगएका १० देखि १४ वर्ष भित्रका किशोरीहरूलाई पनि खोजीखोजी खोप लगाउने कार्यक्रम छ। कोहि पनि नछुटून् भनेर् हामीले विद्यालयलाई नै खोपकेन्द्र बनाएर यो अभियान सञ्‍चालन गर्दैछौं ।'

विद्यालय नजाने किशोरीहरूलाई अन्य स्वास्थ्य संस्थाका खोप केन्द्रबाट खोप लगाइने उनले बताए । कक्षा ६ देखि १० सञ्चालन भएका २३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर खोप अभियान स ञ्चलन गरिनेछ ।




पहिलो चरणमा माघ २२ गते देखि माघ २८ गतेसम्म बुलिङटार, बौदिकाली, गैँडाकोट र देवचुलीमा र कावासोती , मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा माघ २८ गते देखि फागुन ६ गते सम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ ।

पाठेघरको मुखको क्यान्सरलाई ह्युमन प्यापिलोमा भाइरस ( एचपीभी) बाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको सिंहले बताए ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन कोहि नछुटुन् भनेर सबै तहमा आवश्यक गृहकार्य भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम बिश्वकर्माले बताए । उनले भने ,‘हामीले सबै तथ्याकं संकलन गरेका छौं । सकभर कोहि नछुटुन् भनने हाम्रो उद्देश्य छ ।टोलसुधारको तहदेखिनै यसलाई प्रचार प्रसार गरेका छौं ।’

विश्वकर्माले सबै किशोरीहरूलाई खोप अभियानमा सहभागी गराउन आग्रह गरे । नेपालमा यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने तयारी छ ।

पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय यसअघिनै गरिसकेको छ । ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने र यसले मलद्वार,योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्ने सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम