मुख्य समाचार
नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा
नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा

— नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताएका छन् ।


नेपाल जाइका अलमनाई एसोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको सम्मानमा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले नेपाल–जापानबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।


राजदूत मायदाले भने, 'हाल करिब दुई लाख नेपाली जापानमा अध्ययनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न हुनुहुन्छ । जापानी भाषा, संस्कृति र जापानका बारेमा ज्ञान भएका नेपाली जनशक्तिको जापानमा अझै खाँचो छ ।'

धेरै वर्ष पहिला नेपालको भ्रमणमा आफूले यहाँको सुन्दर पहाड र हिमाल हेर्न तथा जहाँ–जाँदा पनि नेपाली नागरिकबाट न्यानो माया पाएको स्मरण गर्दै राजदूत मायदाले अहिले राजदूतका रुपमा नेपाल आउँदा अझ खुसी लागेको धारणा व्यक्त गरे । ‘जान’का सदस्यहरुले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन र नेपालको विकासका लागि जानका सदस्यले भविष्यमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्था जानका अध्यक्ष रामचन्द्र भुसालले जानले विगत पाँच दशकदेखि नेपाल–जापानबीचको सम्बन्ध सुमधुर बनाउन, जापानी प्रविधि नेपालमा भित्र्याउन र देशको आर्थिक विकासमा सहयोग पुर्‍याउन उल्लेख्य भूमिका खेलेको बताए । अलमनाई एशोसिएसनले दुई देशबीचको सम्बन्ध विस्तार गर्ने सिलसिलामा ललितपुर र सिन्धुपाल्चोकको ग्रामीण समुदायमा विभिन्न सहयोग तथा जापानी प्रसिद्ध वृक्ष साकुराका विरुवा हस्तान्तरण कार्यसमेत गर्दै आएको छ ।

स्वागत कार्यक्रममा जाइका नेपालका प्रमुख आवासीय प्रतिनिधि मिजुकी माच्चुजाकी, सरकारका उच्च अधिकृत, जानका सदस्य, जापानी राजदूतावास एवं जाइका नेपालका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो । एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ ...
। जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन । कति बढ्यो भिसा शुल्क ? जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइने निर्णय मन्त्रिपरिषद्ले गरेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिपककुमार साहले यस पटकको बजेटलाई आवश्यकता र दिगो विकासलाई केन्द्रमा राखेर तयार गरिएको दस्तावेजको रुपमा व्याख्या गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थिति बसाल्न र राष्ट्र निर्माणको महाअभियानका लागी आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने संकुचित सोचभन्दा माथि उठेर, समग्र देशको उत्पादन बढाउने बृहत्तर सोचका साथ बजेट आएको ...
: जापान सरकारले सामाजिक सञ्जाल प्रयोग गर्ने युवापुस्ताको सुरक्षाका लागि प्रयोगकर्ताको उमेर प्रमाणीकरण प्रक्रियामा कडाइ गर्ने योजना बनाएको छ। मंगलबार बसेको सञ्चार मन्त्रालयको सरकारी कार्यदलको बैठकले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूको जिम्मेवारीलाई थप सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालेको हो। कार्यदलका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरणमा कडाइ गर्नुका साथै नाबालिगहरूका लागि केही सुविधाहरूमा प्रतिबन्ध लगाउनुपर्ने हुन्छ। यद्यपि, ...
: बाढीका कारण क्षतिग्रस्त भएको सिन्धुलीस्थित बीपी राजमार्गको आपतकालीन पुनःनिर्माण सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले आइतबार सडक पुनःनिर्माणको औपचारिकरूपमा शिलान्यास गरेका हुन्। नेपालस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिअनुसार पुनःस्थापना कार्य जापानको अग्रणी निर्माण कम्पनी शिमिजु कर्पोरेसनले गर्नेछ। मध्य तथा पूर्वी तराईलाई राजधानी काठमाडौंसँग ...