मुख्य समाचार
२३ मिनेट लामो दृश्य थपेर नेटफ्ल्क्सिमा ‘पुष्पा २’
२३ मिनेट लामो दृश्य थपेर नेटफ्ल्क्सिमा ‘पुष्पा २’

। ‘पुष्पा २’ सन् २०२४ मा भारतको धेरै कमाउने फिल्म हो । अल्लु अर्जुन स्टारर तेलुगु एक्सन–थ्रीलर डिसेम्बर ५ मा हलमा रिलिज भएको थियो । फिल्मले विश्वब्यापी १८०० करोड भारु कमाएको छ ।

सुकुमार निर्देशित फिल्म भारतीय फिल्म इतिहासमा सर्वकालिन धेरै कमाउने फिल्म हो । डिजिटल रिलिजको प्रतीक्षामा यो फिल्मलाई लिएर फ्यान उत्साहित थियो । नेटफ्ल्क्सिले यसको स्ट्रिमिङ अधिकार महंगो मूल्यमा खरिद गरेको थियो । विहिबारदेखि प्लाटफर्मले फिल्म रिलिज गरेको छ ।

‘रिलोड भर्सन’ बताइएको ‘पुष्पा २’को २३ मिनेटको नयाँ दृश्य नेटफ्ल्क्सिमा हेर्न पाइनेछ । यसअघि हलमा दर्शकले यी दृश्य हेर्न पाएका थिएनन् । यसकारण पनि, यसको डिजिटल संस्करणको रिलिज प्रतीक्षित थियो ।

अहिलेलाई भने नेटफ्ल्क्सिमा हिन्दी, तामिल, तेलुगु, मलायलम संस्करणमा रिलिज भएको हो । कन्नाडा संस्करणको फिल्म भने चाँडै उपलब्ध हुने जनाइएको छ । नेटफ्ल्क्सिले २७० करोड भारुमा यो फिल्मको डिजिटल राइट किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...