मुख्य समाचार
२३ मिनेट लामो दृश्य थपेर नेटफ्ल्क्सिमा ‘पुष्पा २’
२३ मिनेट लामो दृश्य थपेर नेटफ्ल्क्सिमा ‘पुष्पा २’

। ‘पुष्पा २’ सन् २०२४ मा भारतको धेरै कमाउने फिल्म हो । अल्लु अर्जुन स्टारर तेलुगु एक्सन–थ्रीलर डिसेम्बर ५ मा हलमा रिलिज भएको थियो । फिल्मले विश्वब्यापी १८०० करोड भारु कमाएको छ ।

सुकुमार निर्देशित फिल्म भारतीय फिल्म इतिहासमा सर्वकालिन धेरै कमाउने फिल्म हो । डिजिटल रिलिजको प्रतीक्षामा यो फिल्मलाई लिएर फ्यान उत्साहित थियो । नेटफ्ल्क्सिले यसको स्ट्रिमिङ अधिकार महंगो मूल्यमा खरिद गरेको थियो । विहिबारदेखि प्लाटफर्मले फिल्म रिलिज गरेको छ ।

‘रिलोड भर्सन’ बताइएको ‘पुष्पा २’को २३ मिनेटको नयाँ दृश्य नेटफ्ल्क्सिमा हेर्न पाइनेछ । यसअघि हलमा दर्शकले यी दृश्य हेर्न पाएका थिएनन् । यसकारण पनि, यसको डिजिटल संस्करणको रिलिज प्रतीक्षित थियो ।

अहिलेलाई भने नेटफ्ल्क्सिमा हिन्दी, तामिल, तेलुगु, मलायलम संस्करणमा रिलिज भएको हो । कन्नाडा संस्करणको फिल्म भने चाँडै उपलब्ध हुने जनाइएको छ । नेटफ्ल्क्सिले २७० करोड भारुमा यो फिल्मको डिजिटल राइट किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...