मुख्य समाचार
मेटाले अमेरिकी राष्ट्रपति ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति
मेटाले अमेरिकी राष्ट्रपति ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति

सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति जनाएको छ ।


२०२१ जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित यूएस क्यापिटल (अमेरिकी संसद्) भवनमा हिंसात्मक घटना भएको थियो ।


ट्रम्प समर्थकहरूले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनको निर्वाचित भएको घोषणा रोक्नका लागि क्यापिटल भवनमा जबरजस्ती प्रवेश गरेका थिए । यो घटना लगत्तै फेसबुकले ट्रम्पको अकाउन्ट निलम्बन गरेको थियो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल खाताहरू निलम्बन गरेर कम्पनीले आफ्नो अधिकार उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए ।

मेटाका कानुनी सल्लाहकारहरूले यो मुद्दामा मेटाले ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई २२ मिलियन डलर अनुदान दिने र कानुनी शुल्कबापत तीन मिलियन डलर तिर्न तयार रहेको एबीसीले जनाएको छ ।

मेटाले ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई २२ मिलियन डलर अनुदान दिने र कानुनी शुल्कबापत तीन मिलियन डलर तिर्ने पुष्टि गरेको छ ।

जुलाई २०२१ मा ट्रम्पले मेटा र त्यसका सीईओ मार्क जुकरबर्गलाई आफ्नो सामाजिक सञ्जाल खाता 'सेन्सर' गरेको आरोप लगाउँदै मुद्दा हालेका थिए ।

एबीसी न्युजले मेटाका मार्क जुकरबर्गले ट्रम्पसँग आफ्नो सम्बन्ध सहज बनाउन प्रयास गरिरहेका बेला यस्तो सम्झौता गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...