मुख्य समाचार
१३ सय ६५ नेपालीसहित १४ लाख गैरकानुनी आप्रवासी निष्कासन गर्दै अमेरिका
१३ सय ६५ नेपालीसहित १४ लाख गैरकानुनी आप्रवासी निष्कासन गर्दै अमेरिका

— अमेरिकाले १४ लाख भन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने जनाएको हो ।


आईसीईको सूचीअनुसार अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरसका नागरिक छन् । होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासनमा पर्नेछन् । त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना निष्कासित हुनेछन् ।


सूचीमा चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना छन् । आईसीईका अनुसार उक्त सूचीमा सन् २०२४ नोभेम्बर २४ सम्म डिपोर्टका लागि अन्तिम आदेश भइसकेका तर पक्राउ नपरेकाहरू समावेश छन् ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई घर फर्काउन थालेको हो । ट्रम्पले शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । उनको घोषणासँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरिएको छ । रक्षा मन्त्रालयले थप १० हजार सैनिक खटाउने तयारी गरिरहेको छ ।

अमेरिकामा हाल १ करोड ११ लाख गैरकानुनी आप्रवासी छन् । प्यु रिसर्चका अनुसार तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् । दोस्रो स्थानमा रहेको एल साल्भाडोरका ७ लाख ५० हजार छन् । तेस्रो स्थानमा रहेको भारतका ७ लाख २५ हजार गैरकानुनी आप्रवासी छन् । तीमध्ये सबैभन्दा बढी पञ्जाब र गुजरात प्रान्तका भएको बताइएको छ । त्यस्तै, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् ।

गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी क्यालिफोर्निया राज्यमा १८ लाख छन् । टेक्सासमा १६ लाख, फ्लोरिडामा १२ लाख, न्युयोर्कमा ६ लाख ५० हजार, न्युजर्सीमा ४ लाख ७५ हजार र इलिनोईमा ४ लाख गैरकानुनी आप्रवासी छन् । त्यस्तै, जर्जियामा ३ लाख ५० हजार, नर्थ क्यारोलाइनामा ३ लाख २५ हजार, मासाचुसेट्समा ३ लाख र वासिङ्टनमा ३ लाख गैरकानुनी आप्रवासी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेन भ्रमण नगर्न र त्यहाँ भएकालाई तुरुन्त नेपाल फर्किन आग्रह गरेको छ । बर्लिनस्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै रुस र युक्रेनबीचको पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै युक्रेन भ्रमणमा जान लागेका नेपालीलाई अर्को सूचना नभएसम्म भ्रमण स्थगित गर्न र युक्रेनमा रहेका नेपालीलाई यथाशिघ्र सकुशल नेपाल फर्किन आग्रह गरेको हो । दूतावासले ...
। यूएईमा रोजगारीको क्रममा विभिन्न समयमा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित हुनुपरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) को अवुधावीस्थित नेपाली दूतावासले समयमा काम नगर्दा पीडित परिवार क्षतिपूर्ति र बीमा रकम पाउनबाट वञ्चित भएका हुन् । नयाँ सरकार बनेपछि पनि पीडित परिवारले न्याय नपाएपछि यूएईमा रहेका ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ६१६ जना नेपाली नागरिकको उद्धार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ६१६ जना नेपाली नागरिकको उद्धार गरिएको र अन्य ठगीमा परेका नेपालीहरुको उद्दार कार्य जारी रहेको जानकारी दिए । कम्बोडियाबाट ४९१, म्यानमारबाट १११, लाओसबाट ८ ...
: साउदी अरब नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा दशकौंदेखि स्थापित रहँदै आएको छ। यहाँ करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ तर समयसँगै यहाँको नेपाली समुदायको स्वरूप परिवर्तन हुँदै गएको छ। नेपाली केवल श्रमिकमा सीमित छैनन्, उनीहरू व्यवसायी, लगानीकर्ता र व्यवस्थापकका रूपमा पनि उदाउँदैछन्। यो परिवर्तनले केवल व्यक्तिगत उन्नतिलाई मात्र होइन, समग्र नेपाली ...
। भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ । भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ ...