मुख्य समाचार
महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो
महाकुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

: भारतको महाकुम्भमेलामा भगदौडबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। घाइते हुनेको संख्या ६० पुगेको भारतीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।


मृतकमध्ये २५ जनाको पहिचान खुलेको छ। उत्तर प्रदेशको प्रयागराज भइरहेको कुम्भमेलामा बुधबार राति करिब साढे १ बजे एउटा घाटमा भागदौड मच्चिएको थियो। प्रहरीले घटनाको हुनुको कारण पनि खुलाएको छ। त्रिवेणी संगम स्थलमा अस्थायी पुलहरू निर्माण गरिएको छ। सोही पुल भाँच्चिदा भागदौड मच्चिएको डीआइजी वैभव कृष्णले बताए। 'ब्रह्म मुहूर्तअघि राति १ देखि २ बजेको बीचमा अखडा मार्गमा श्रदालुहरूको ठूलो भीड जम्मा भएको थियो। सोही क्रममा पुल भाँच्चिदा भागदौड मच्चिएको हो,' सञ्चारकर्मीहरूसँग उनले भने।

घाइतेहरूको तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याएको बताए। तर, भीडका कारण उनीहरूलाई समयमै अस्पताल पुर्‍याउन कठीनाइ भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा आज हुने मौनी अमावस्या(औंसी)को अमृत स्नान रद्द गरेका थिए। बिहान १० बजेपछि मात्रै अमृत स्नान गर्ने निर्णय गरिएको थियो। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा सोधपुछ गरेका थिए। प्रधानमन्त्री मोदीले घटना दुःखद भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनापछि महाकुम्भ मेला क्षेत्र आसपास हेलिकोप्टरबाट निगरानी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...