मुख्य समाचार
स्पेनबाट चार जना नेपाली निष्कासन
स्पेनबाट चार जना नेपाली निष्कासन

: पछिल्लो समय अमेरिकामा मात्र होइन, विश्वभरिबाट निष्कासनमा पर्ने नेपालीहरूको संख्या बढेको छ। विभिन्न प्रलोभनमा परेर विदेशिएका नेपालीहरू कानुन उल्लंघनको आरोपमा निष्कासनमा पर्ने गर्ने गरेका हन्। त्यस्ता नेपालीहरू दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने गरेको अध्यागमन स्रोतले जानकार दिएको छ।


गत साता युरोपेली मुलुक स्पेनबाट चार जना नेपाली निष्कासनमा परेका हुन्। निष्कासनमा पर्नेमा अनिल बिसी, चिरञ्जिवी शाही, प्रेमराजा बोहोरा, बेलबहादुर कार्की र लोकेन्द्र केसी रहेका छन्। कतार एयरलायन्सको जहाजबाट उनीहरूलाई नेपाल फर्काइएका हुन्।

अध्यागमन कानुन उल्लंघन गरेको आरोप उनीहरूलाई स्पेनले निष्कासन गरेको हो। उनीहरू चारै जनासँग पासपोर्टसमेत नरहेको बताइएको छ। पासपोर्ट फ्याँकेर लुकिछिपी बसोबास गर्दै आएका उनीहरूलाई स्पेनको अध्यागमनले निष्कास गरेको स्रोतको भनाइ छ।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गरेपछि अमेरिकामा रहेका नेपालीहरू पनि प्रभावित बनेका छन्। ट्रम्प प्रशासन लागू भएपछि केही दिनअघि मात्रै अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको थियो। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै नेपाल पठाइएको थियो।

त्यस्तै हालै मलेसियाले १६ जना, टर्कीले ५ जना, दक्षिण कोरियाले पटक-पटक गरी ८ जना, जापानले ९ जना, माल्दिभ्सले ३ जना नेपालीलाई निष्कासन गरेको थियो। आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा विदेशिएका नेपालीहरू त्यहाँको कानुनबारे जानकार नहुँदा निष्कासनमा पर्ने गरेको विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...