मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै धरपडक सुरु गरेपछि त्यहाँ रहेका आप्रवासीहरू आतंकित बनेका छन् । राष्ट्रपति ट्रम्पले अवैधरुपमा बस्दै आएकालाई निष्काशन गर्न सुरु गरेसँगै आप्रवासीहरू आतंकित बनेका हुन् ।


राष्ट्रपति ट्रम्पले अमेरिकाका हरेक प्रान्तमा अवैध आप्रवासीलाई लक्षित गरी अप्रेसन सुरू गर्न त्यहाँका सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । त्यस्तो निर्देशनलगत्तै अमेरिकी अध्यागमनले पक्राउ परेका आप्रवासीलाई सैनिक जहाजबाट सम्बन्धित मुलुक पठाउन सुरू गरिसकेको छ । योसँगै आप्रवासीका परिवारमा मानसिक तनाव र भय बढेको छ ।

आप्रवासीमाथिको धरपकडपछि कतिपयका परिवार र बालबालिकाहरूमा डर र चिन्ता बढन थालेको छ । कतिपयका बालकालिकाहरू स्कुल जान छाडेका छन् भने कतिपय काम गर्न समेत जान सकेका छैनन् । समाचार संस्था सीएनएनका अनुसार,शिकागोकोमा बसोबास गर्ने एक आप्रवासी परिवारका दिदीबहिनीहरूले राष्ट्रपति ट्रम्पले पदभार सम्हालेदेखि स्कुल जान छाडेका छन् ।

उनीहरूका अभिभावक पनि पक्राउ परिने डरले काममा जाँदैनन् । उनीहरू घर सफा गर्ने काम गर्दै आएका थिए । एक गैर नाफा मुलुक संस्थाले उनीहरूको परिवारलाई खाना खुवाउँदै आएको छ । उक्त संस्थाले उनीहरूको घरको ढोकामा खानेकुरा छाडिदिन थालेको छ ।

उक्त गैरनाफामुलुक संस्थाका अनुसार,पक्राउ पर्ने डरले घरभित्रै बस्ने आप्रवासीहरूको संख्या ठूलो हुनसक्छ । 'पक्राउ पर्ने डरले बालबालिकाहरू विद्यालय जान चाहँदैनन्। उनीहरू डराउँछन्। अमेरिकी शरणार्थी र आप्रवासी समितिकी वरिष्ठ उपाध्यक्ष अन्नामारी बेनाले सीएनएनलाई भनिन्। प्राथमिक विद्यालयका बालबालिकाहरू डरले विद्यालय जान चाहँदैनन् भने आप्रवासीहरूको पछिल्लो अवस्थाकाबारे यसै घटनाले स्पष्ट पार्छ,' उनले भनिन् ।

शिकागोका आप्रवासी अधिकार समूहहरूले धरपकड गरेको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...