मुख्य समाचार
अमेरिकाले दुई जना नेपालीलाई निष्कासित
अमेरिकाले दुई जना नेपालीलाई निष्कासित

: अमेरिकाले दुई जना नेपालीलाई निष्कासित गरेको छ। गैरकानुनी तरिकाले बसरहेका उनीहरूलाई अमेरिकाले गत साता निष्कासित गरेको हो।


स्रोतका अनुसार शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासित गरेको हो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासित गरिएको स्रोतको भनाइ छ। शेर्पालाई एयर इन्डियाको विमान र श्रेष्ठलाई कतार एयरलायन्सको विमानबाट नेपाल फर्काइएको थियो।

त्यस्तै क्यानडाले पनि एक जना नेपालीलाई निष्कासित गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा क्यानडाले रविन ढकाललाई डीपोर्ट गरेको स्रोतले बतायो।




अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा सपथ लिएपछि डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेका छन्। उनले पहिलो दिन नै गैरकानुनी तरिकाले बस्ने आप्रवासीहरूलाई फिर्ता पठाउने कार्यदेशमा हस्ताक्षर गरेका थिए। त्यसअन्तर्गत ट्रम्प प्रशासनले धमाधम गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूलाई देश निकाला गरिरहेको छ। अफ्रिकालगायतका देशहरूमा सेनाको विमानबाटै आप्रवासीहरूलाई फिर्ता पठाइँदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...
। चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए । उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो ...
। बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी ...
। कुवेतको जेलमा ६३ जना नेपाली रहेको सरकारले जानकारी गराएको छ । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे जानकारी गराएका हुन् । उनले कुवेतको जेलमा सयौं नेपाली रहेको भनेर हल्ला फैलाइएको र यसमा सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने, ‘हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिकहरू ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कुवेतमा मात्रै करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिविना कार्यरत रहेको बताए । उनीहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने गरेको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डमार्फत ...