मुख्य समाचार
ताप्लेजुङका घाइतेलाई विराटनगरबाट काठमाडौं पठाइयो
ताप्लेजुङका घाइतेलाई विराटनगरबाट काठमाडौं पठाइयो

: ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई आइतबार दिउँसो विराटनगरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ । शनिबारको झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए ।


तीमध्ये तीनजनालाई थप उपचारका लागि आइतबार बिहानै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू,पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वालाई थप उपचाका लागि काठमाडौं पठाइएको हो । घाइतेहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको जानकारी प्रजिअ यादवले दिए ।




घाइतेमध्ये सगुन र यामबहादुरलाई गोली लागेको हो । सगुनको छात्तीमा र यामबहादुरको तिघ्रामा गोलीले लागेको पाइएको जानकारी यादवले दिए । उनका अनुसार धर्मको कुमको हड्डी भाँचिएको छ । धर्मलाई भने गोली नलागेको उनले बताए ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–११ बलुडाँडास्थित पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच शनिबार दुईपटक झडप भएको थियो । झडपमा पाँचजना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो ४ बजेतिर र साँझ ६ बजेतिर झडप भएको हो । दिउँसो अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले साँझ भने गोली नै चलाएको थियो ।

पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति,केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनकारीले केबलकार निर्माणको काममा अवरोधको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना प्रहरीले पाएको थियो । हतियारको खोजीका लागि गएको सुरक्षाकर्मीको टोलीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । आन्दोलनकारीबाट प्रहरीले खुकुरी,गुलेलीलगायत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ । चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू ...
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...