मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा इपस्विच टाउनलाई ४–१ ले हराए
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा इपस्विच टाउनलाई ४–१ ले हराए

— कोडी गाक्पोले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार इपस्विच टाउनलाई ४–१ ले हराएको छ र यससँगै शीर्ष स्थानमा आफ्नो छ अंकको अग्रतालाई कायम राख्यो ।


पहिलो हाफमै तीन गोल गरेपछि लिभरपुलको आरामदायी जित सम्भव भएको हो ।


उसका लागि डोमिनि सबोसलाई र मोहमद सलाहले पनि गोल गरे । दोस्रो स्थानमा रहेको आर्सनलले अर्को खेलमा उल्भ्सलाई १–० ले पराजित गर्‍यो । दस खेलाडीमा सीमित रिकार्डो कालाफिरीले ७४ औं मिनेटमा एक गोल गोल गरे ।

यस्तै बर्नमाउथले नटिङघम फरेस्टलाई ५–०, एभरटनले ब्राइटनलाई १–० र न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई ३–१ ले हरायो । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले भने चेल्सीलाई ३–१ ले पराजित गर्‍यो ।

आर्सनलको ४७ अंक भएको छ भने फरेस्ट ४४ अंकमै कायम रह्यो । यस्तै सिटी र न्युकासल समान ४१ अंकमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...