मुख्य समाचार
हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरे
हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरे

। हमासले चारजना महिला बन्दीलाई मुक्त गरेपछि इजरायलले दुई सय प्यालेस्टाइनी बन्दीहरू रिहा गरेको छ ।

युद्धविराम सम्झौता कार्यान्वयन हुन थालेको सातौँ दिन शनिबार हमासले इजरायली सेनाका चार महिला बन्दीलाई रिहा गरेको थियो । उनीहरूलाई ७ अक्टोबर २०२३ मा हमासले आक्रमणकै दौरान कब्जामा लिएको थियो ।




लामो समय बन्दी रहेका उनीहरू मुक्त भएसँगै इजरायल पुगिसकेका छन् । बदलामा इजरायलले दुई सय प्यालेस्टाइनी बन्दी रिहा गरेको हो ।

हमासले रिहा गरेको यो दोस्रो समूह हो । यसअघि युद्धविराम सम्झौता कार्यान्वयन भएकै दिन गत आइतबार हमासले तीन महिलालाई मुक्त गरेको थियो ।



यसैबीच, इजरायली सरकारले आफ्ना नागरिक अर्बेल येहुदलाई रिहा नगरी हमासले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

यससँगै इजरायलले विस्थापित प्यालेस्टाइनीहरूलाई अझै उत्तरी गाजामा फर्कन अनुमति नदिने बताएको छ, जुन युद्धविराम सम्झौताअन्तर्गत निर्धारित गरिएको थियो ।

हमासको असन्तुष्टिलगत्तै हमासले अर्बल येहुद जीवित रहेको भन्दै अर्को साता रिहा हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...